LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । पछिल्लो केहि दिन यता जनकपुरधाममा अटो रिक्सा चोरीको घटनामा वृद्धि भएको छ ।
बुधवार राती मात्रै जनकपुरधाम उपमहानगरपालिका –१६ कपिलेश्वरको हनुमानथानबाट स्थानीय अकबर साफीको ना३ स २२५० नम्बरको अटो रिक्सा चोरी भएको छ । घर अगाडी नै विद्यृतीय चार्जका लागि राखिएको उक्त रिक्सा मध्यरातीमा चोरी भएको पीडितले बताए ।

केहि दिन अघि जनकपुरधाम– ४ कटैया चोरीमा चार्जका लागि राखिएको एक अटो रिक्सामा अज्ञात समुहले आगजनी गरेका थिए । दुई दिन अघि मात्रै जनकपुरधामको विभिन्न स्थानबाट ४ वटा अटो रिक्सा चोरी भएको थियो ।

अटो रिक्सा चोरीको घटना वृद्धि भएपछि दैनिक अटो रिस्का चलाएर घरपरिवारको जीविका चलाउने सर्वसधारण मदजुर मारमा परेका छन् । कमाईको एक माध्यम रिस्का रहेकोले र त्यो रिक्सा नै चोरी भएपछि ति परिवारहरुको बिच्चलीमा पर्ने गरेका छन् ।

ऋण, सापटी गरेर अटो रिक्सा खरिद गरेका मजदुरहरु अटो रिक्सा नै चोरी भएपछि झन समस्यामा पर्ने गरेका छन् । यो विषयमा प्रहरी प्रशासनले वडाहरुमा गस्ती बढाउनुपर्ने पीडितहरुको भनाई छ ।

सम्बन्धित खबर