LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संविधान संसोधनको विषयमा नेकपा माओवादी केन्द्रसहित मधेशवादी दलहरुसँग पनि सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार जनकपुरधाममा प्रेस युनिय धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोईरालाले यस्तो धारणा राखेका हुन् । अहिले मुलुकमा देखिएका विभिन्न समस्याको समाधानको लागि संविधान संसोधन आवश्यक रहेको उल्लेख गर्दै नेता कोइरालाले भने,‘ अहिलेको अवस्थामा काँग्रेस, एमालेको गठबन्धन आवश्यक छ । तर संविधान सोधनको लागि नेकपा माओवादी केन्द्र, रास्वपा तथा मधेश केन्द्रित दलहरुसँग सहकार्य गर्नु जरुरी छ ।’ संविधान संसोधनको विषयमा काँग्रेस र एमाले बीच गहन संवाद समेत सुरु भएको उनको भनाई थियो । काँग्रेस संविधान संसोधनको पक्षमा रहेको उनले स्पष्ट पारे ।

केन्द्रमा बस्ने प्रमुख पार्टीका शिर्ष नेताहरु संघियताको मर्मत नबुझदाँ प्रदेश सरकारहरुको प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप लगाएका छन् ।प्रदेश सरकारहरुले कार्य प्रभावकारी नहुदाँ संघीयताप्रति जनताा वितृष्णा बढी रहेको उल्लेख गर्दै नेता कोईरालाले भने,‘ यसमा म लगायत काँग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलका शिर्ष नेताहरुले जिम्मेवारी लिनुपर्छ ।’

उनले भने,‘संघले निजामति ऐन, शिक्षा ऐन तथा प्रहरी ऐन बनाएर नदिँदा प्रदेश सरकारहरु आफ्नो गतिमा काम गर्न सकेको छैन । ती ऐन संघ सरकारले नदिनु पछाडीको एउटै कारण छ, केन्द्रमा बसेका नेताहरु संघियताको मर्म बुझेका छैनन् ।’

मुलुकमा राजनीतिक अस्थिता तथा सुशासन कायम गर्नका लागि दुई ठूला दल काँग्रेस र एमालेर मिलेर सरकार बनाएपनि सरकारले त्यो स्पिरिट अनुसार काम गर्न नसकेको उनले आरोप लगाए । उनले भने ‘ वर्तमान सरकारको काम संतोषजनक छैन तर यो सरकारलाई असफल हुने छूट पनि छैन । यो सरकार असफल भएमा देशमा अराजकता बढ्छ । त्यसकारण वर्तमान सरकारको विकल्प पनि छैन ।’

भष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषि ठहर भएका नेपाली काँग्रेस सर्लाहीको सभापति सुरेन्द्र कुमार सिंहले पार्टीले निलम्बन गर्नुपर्ने बताए । भष्टाचार मुद्दामा दोषि ठहर भएका व्यक्तिलाई निलम्बन गरिने भने पार्टीको खास समाप्त हुने उनको भनाई थियो ।

 

२०८४ को निर्वाचनमा काँग्रेस एक्लैले चुनाव लड्नुपर्ने उनले बताए । एक अर्को प्रसंगमा उनले भने,‘ पार्टी सभापति शेरबहादुर देउवासहित काँग्रेसका कुनै नेतासँग आफ्नो रिस, राग द्वेश छैन । पार्टी महाधिवेशनमुखी रहेकाले र त्यसमा फरक फरक समुह हुनु स्भाविक नै रहेकोले त्यसलाई अन्था लिनु हुदैन ।’

सम्बन्धित खबर