LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालिन निर्देशक बलराम ठाकुर ठगी आरोपमा पक्राउ परेका छन् ।

ठगी तथा सरकारी छाप र दस्तखत किर्ते आरोपमा ठाकुर पक्राउ परेका हुन् । उनलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले ठाकुरलाई धनुषा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
गत भदौ महिनामा निर्देशक ठाकुरसहित ५ जनामाथि सो मुद्दा दर्ता भएको थियो ।

लेखापाल सावित्री गिरी, प्रशासान प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरमाथिसमेत मुद्दा दर्ता भएको छ । उनीहरु फरार रहेको र उनीहरुको पनि खोजी भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर