LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा सम्पन्न भएसंगै हुने जनकपुरधामको अन्तगृह परिक्रमा सम्पन्न भएको छ । लाखौंको सहभागितामा अन्तगृह परिक्रमा शुक्रबार बिहान सम्पन्न भएको हो ।

मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुहरू जनकपुरधामको पवित्र भूमिलाई परिक्रमा गर्दै अन्तगृह परिक्रमामा सहभागी भएका हुन् । धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको र जनकपुरधामको सन्दर सदन मठबाट किशोरी जिको डोला उठेपछि सुरु भएको मिथिला मध्यमा परिक्रमा बिहीबार सम्पन्न भएको थियो ।

अन्तरगृह परिक्रमा गरेमा १५ दिवसीय परिक्रमाकै फल प्राप्त हुने जनविश्वास गरिन्छ । यो यात्रा सकेर जानकी मन्दिर र राम मन्दिरमा दर्शन गरेपछि मिथिलाञ्चलमा होली पर्वको विधिवत आरम्भ भएको मानिन्छ । धर्म ग्रन्थहरुमा बृहत, मध्यमा र अन्तगृह गरी तीन परिक्रमाको उल्लेख रहेको पाइन्छ । सोही मान्यता अनुसार मध्यमा परिक्रमामा सहभागी हुन नपाएकाहरु अन्तगृह परिक्रमामा सहभागी हुने गर्छन् ।


यसैबीच, मुस्लिम नागरिक समाज जनकपुरधामले अन्तगृह परिक्रमा सहभागि भक्तजनहरुलाई मिठा, चुरा र पानी वित्तिरण गरेको छ । मुस्लिम अगुवा नेता हकिम राईनले दुरदराजबाट आएका श्रद्र्धालुभक्जनहरुलाई केहि राहत होस् भन्ने उदेश्यले चुरा, मिठा तथा पानि वित्तरण गरिएको बताए । लामो समयदेखि नेता अगुवा नेता राईनको अगुवाई जनकपुरधाममा परिक्रमावासीमा मुस्लिम नागरिक समाजले चुरा मिठा तथा पानी वित्तरण गर्दैै आएको समाजसेवी तथा युवा नेता साजिद हुसेनले बताएए ।

सम्बन्धित खबर