LIVE
जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित |
जनकपुरधाम
भारतको कशमिर राज्यको पहलगाममा भएको आतंककारी गराइएको घटनाको बिरोध गर्दै आज जनकपुरधाममा बिरोध प्रदर्शन गरिएको छ ।
नेपाल भारत खुल्ला सिमा संवाद समुह र शहिद संजय चौधरी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा मधेश आतंकवाद  पाकिस्तानी सेना प्रमुख र पाकिस्तान विरुद्व प्रदर्शन भएको छ ।
आतंकवादीहरुले  हिन्दु धर्म भएका व्यक्तिलाई गोली हानेको तथा  सो घटना लिएर पाकिस्तानी सेना प्रमुखले हिन्दु मुस्लिम विच द्वन्द्व फैलने अभिव्यक्ति दिएको भन्दै पाकिस्तानका सेना प्रमुख आसिफ मुनिरको उनिहरुले पुत्ला समेत दहन गरको छ ।
संवाद समुहका अध्यक्ष राजिव झाले पाकिस्तानी सेना प्रमुखले गैर राजनीतिक, धार्मिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको तथा आतंकबादीहरु हिन्दु समुदायमाथी मात्र गोलि प्रहार गरि हत्या गरेकोले भन्दै आफुहरु बिरोध प्रदर्शन गरेको बताए ।राष्ट्रिय मुक्ति पार्टीका नेता समेत रहेका झाले आतंककारीहरुले जाती धर्मको अधारमा गोलि दागी हत्या गर्नु मानवतालाई सर्मसार गरेको बताए ।

आतंकवादले नेपालका सपुत पनि अनाहकमा मारिएको भन्दै उनीहरु आफुहरु विरोध गरेको बताए । प्रदर्शनमा मुस्लिम समुदायका अगुवा र युवाहरु पनि सहभागि थिए । उनीहरुले पनि आतंकवादको विरोध गर्दै आतंकवादीलाई प्रसय दिनेको विरोधमा उत्रन आवश्यक रहेको बताउदै आक्रोस व्यक्त गरे ।
त्यसैगरी, केही युवाहरुले कश्मिर घटनामा मारिएका नेपालका सन्दिप न्यौपानेको न्याय र क्षतिर्पुीको मांग तथा आतंकवादको विरोध सहित सहभागि भएका हुन ।

सम्बन्धित खबर