LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । देशभरिका ७६ वटा जिल्लाको अधिवेश सम्पन्न गरिसकेको नेकपा एमाले २० वैशाखदेखि धनुषा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ ।

एमाले धनुषाले जनकपुरस्थित पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरि जिल्ला अधिवेशनको तयारी पुरा भईसकेको जानकारी दिएको छ । सम्मेलनमा एमालेकी धनुषा जिल्ला ईन्चार्ज तथा पोलिटब्यूरो सदस्य जुली महतोले अधिवेशनको लोगो र नारा सार्वजनिक गरेकी हुन् । धनुषाको अधिवेशन अन्तिम जिल्ला अधिवेशन रहेको पुर्वमन्त्री समेत रहेकी महतोले बताईन ।

अधिवेशनको तयारी पुरा भईसकेको उल्लेख गर्दै प्रतिनिधी सभा सदस्य समेत रहेकी महतोले भनिन्,‘अधिवेशन पार्टीकै आन्तरिक शक्ति र कार्यकर्ताको सहयोगमा आयोजना गर्दैछौं । बाह्य सहयोगको लिएको छैनौ ।’
अधिवेशनको नारा ‘समृद्ध धनुषा, सुखी जनकपुरः तीन तहमा एमाले सरकार’ तय गरिएको छ । सार्वजनिक गरिएको लोगोमा जानकी मन्दिरमाथि उदाउँदै गरेको सूर्य देखाइएको छ । यो लागो एमालेको चुनाव चिन्हको संकेत मात्र नभई जनकपुरधामको सांस्कृतिक विरासतप्रतिको सम्मान पनि रहेको महतोले बताइन् ।

एमालेको जिल्ला अध्यक्षमा अकांक्षि धेरै रहेपनि नेता तथा कार्यकर्ता माझ अहिले ६ जनाको नाम चर्चामा रहेको छ । वर्तमान उपाध्यक्ष भोला यादव, नेपाली काँग्रेसबाट चुनाव ताका एमालेका प्रवेश गरेका प्रदेश साँसद प्रत्यासी सन्तोष यादव, एमालेका जनकपुरधाम नगर अध्यक्ष तथा जनकपुरधाम उद्योग व्यवसाय संघ अध्यक्ष सुरेन्द्र भण्डारी, पुर्व जिल्ला सचिव लक्ष्मी यादव, पुर्व मेयर अनिल यादव र वर्तमान अध्यक्ष राजकिशोरा यादव अध्यक्षका अकांक्षी रहेको बताईएको छ ।

अध्यक्ष पदका आकांक्षी नेताहरूबीच भीत्रभित्रै गुटगत समिकरण बन्न थालेको संकेत देखिन्छ । कतिपयले नेतृत्वमा युवालाई स्थान दिनुपर्ने तर्क गरिरहेका छन् भने केही नेताहरूले अनुभव र निरन्तरतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।

सम्बन्धित खबर