LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । मधेश प्रदेश सरकारमा श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले सडक सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
यातायात व्यवस्था कार्यालय जनकपुरधामले आयोजनामा गरेको ‘सुरक्षित सडक, सुरक्षित मधेश प्रदेश’ भन्ने मूल नाराका साथ सडक सुरक्षा जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायले सडक दुर्घटनालाई नियतिको रूपमा नलिएर नीतिगत रूपमा न्यूनीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

सडक दुर्घटना रोकथाम प्रदेश सरकारले उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री रायले भने,‘यो केवल ट्राफिकको विषय होइन, यो हाम्रो जीवन र अस्तित्वसँग जोडिएको सवाल हो। सडकलाई सुरक्षित बनाउन सबै तहका नागरिकलाई समेटेर अभियान चलाउनुपर्छ।’

प्रदेशमा बढ्दो दुर्घटनाको अवस्थालाई गम्भीर रूपमा लिँदै यसलाई न्यूनीकरण गर्नका लागि नीति, जनचेतना र प्रविधिको समन्वयमा मन्त्री रायले जोड दिए । उनले भने, ‘विद्यालयस्तरमै ट्राफिक अनुशासनबारे शिक्षा दिनु आवश्यक छ। सवारी चालकहरूलाई तालिम, सवारी साधनको नियमित निरीक्षण र ट्राफिक नियम उल्लंघनमा कडाइ गर्नु आवश्यक छ ।’


ट्राफिक व्यवस्थापनमा स्थानीय तहको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गर्दै नीति निर्माणदेखि कार्यान्वयनसम्म सहकार्य आवश्यक रहेको मन्त्री रायको भनाई थियो । प्रदेश सरकारले सडक सुरक्षा सुदृढीकरणका लागि छुट्टै कार्यक्रम ल्याउने तयारी गरिरहेको मन्त्री रायले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय जनकपुरधामका प्रमुख धनञ्जय कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले ट्राफिक अनुशासन, जनसहभागिता र दुर्घटना न्यूनीकरणका विषयमा धारणा राखेका थिए । कार्यक्रममा श्रम तथा यातायात्र मन्त्रालयका सचिव युवराज अधिकारी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, ज्ञानकुप संस्कृति विद्यालयका प्रधानध्यापक सञ्जय झा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षकसहितको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर