LIVE
एमालेसहितको समर्थनमा मुख्यमन्त्री यादवले पाए विश्वासको मत | सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव ७२ हजार घुससहित पक्राउ | मधेश सरकारमा फेरबदल, जसपाको ढुलमुल नीतिले नयाँ गठबन्धन बनाए मुख्यमन्त्री यादव | बजेट अघि निजी क्षेत्रले प्रदेश सरकारलाई दिए २० बुँदे सुझाव | गगन थापाको नेतृत्वमा एकजुट हुन महेन्द्र यादवको आह्वान | बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयनमा जोड | नेपाली कांग्रेस धनुषाका क्षेत्रीय सभापति निधिको निधन | यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट तीन विचौलियालाई पक्राउ | मधेशमा सत्ता परिवर्तनको खेल ः सत्ता जोगाउन विश्वासको मतबाट पछि हटे मुख्यमन्त्री यादव | मधेशलाई साक्षर घोषणा गर्न तयार पारिएको प्रतिवेदन संघ र प्रदेश सरकारलाई हस्तान्तरण |

जनकपुरधाम । शिक्षा विधेयक संशोधनको माग गर्दै मधेश प्रदेशभरका निजी विद्यालय सञ्चालकहरूले विरोध प्रदर्शन गरेका छन्।

निजी विद्यालयहरुको छाता संगठन प्याब्सन, एन–प्याब्सन र हिसान अन्तर्गतका निजी विद्यालय सञ्चालकहरूले आज जनकपुरधामस्थित मधेश प्रदेश सभा अगाडी जम्मा भई विरोध प्रदर्शन गरेका छन् । प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहको नेतृत्वमा आठ वटै जिल्लाबाट पुगेका विद्यालय सञ्चालकहरूले विधेयकले निजी विद्यालयहरूको अस्तित्व संकटमा पार्ने भन्दै तत्काल शिक्षा विद्येयक संसोधन गर्न माग गरेका छन् ।

शिक्षा विद्येयकमा निजी विद्यालयहरुले १०देखि १५ प्रतिशत विद्यार्थीलाई पुर्ण रुपमा निःशुल्क छात्रावृति दिनुपर्ने, कम्पनी रजिष्टारमा दर्ता भएका विद्यालयलाई गैरनाफामुलक संस्थामा परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको छ । तर निजी विद्यालय सञ्चालकहरुले करोड लगानी गरेपछि त्यसको मुनाफा पाउनुपर्ने तर्क गर्दै विद्येकको विरोधमा उत्रेका छन् ।


प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहले विधेयकका केही प्रावधानले निजी विद्यालयलाई ठप्प पार्ने खतरा रहेको भन्दै ती प्रावधान खारेज वा परिमार्जन गर्नुपर्ने माग गरे । विद्यालयहरूको दिगोपन, शिक्षक–कर्मचारी हक अधिकार, पाठ्यक्रम व्यवस्थापन र शैक्षिक गुणस्तरलाई ध्यानमा राखेर विधेयक पुनर्लेखन गर्नुपर्ने उनको भनाई थियो ।

प्याब्सन मधेश प्रदेशका सल्लाहकार महेश मण्डलले भने,‘ निजी विद्यालय सञ्चालकहरु करोडौ रुपैयाँ बैकसँग ऋण लिएर विद्यालयमा लगानी गरेका छन् । यस्तो अवस्थामा केहि मुनाफा लिएन भने विद्यालय सञ्चालकहरु नै पलायन हुने अवस्था पुग्छन् ।’ सरकारले शिक्षा विद्येयक संसोधन नगरे आफुहरु कडा आन्दोलन गर्ने उनले चेतावनी समेत दिए ।

सम्बन्धित खबर