LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । मधेश प्रदेश सरकारका लेखा समुहका कर्मचारीहरुले प्रदेश वन निर्देशनालयका केहि कर्मचारीले राजनीतिक प्रभावको आडमा लेखा समुहका कर्मचारीमाथि अनावश्यक आरोप लगाएको र काममा बाधा पु¥याएको भन्दै गम्भिर आपति जनाएका छन् ।
लेखा समूहका कर्मचारीहरूले विहिावर संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै लेखा समूहले केही वन सेवाका कर्मचारीहरूले समूहलाई बदनाम गर्ने र सेवा प्रवाहमा अवरोध पु¥याउने प्रयास गरेको आरोप लगाएको छ ।

विज्ञप्तिअनुसार, २४ मंसिरमा वन सेवाका केही कर्मचारीहरूले लेखा समूहका कर्मचारीमाथि ’अनावश्यक हाजिरी, धम्की तथा काममा अवरोध’ गरेको भन्दै दुष्प्रचार गरेका थिए। लेखा समूहले उक्त कार्यलाई आधारहीन र पूर्वाग्राही भन्दै खण्डन गरेको छ । समूहले आफ्नो विज्ञप्तिमा भनेको छ, “प्रदेशमा देखिएको राजनीतिक तथा प्रशासनिक परिवेशको आडमा लेखा समूहका कर्मचारीहरूमाथि आरोप थोपर्ने, लाञ्छना लगाउने र गलत धारणा सिर्जना गर्ने प्रवृत्ति बढेको छ।“

लेखा समूहले आफूहरू प्रचालित ऐन–कानून, आर्थिक अनुशासन, सुशासन र पारदर्शिता कायम राख्न प्रतिबद्ध रहेको जनाउँदै केही कर्मचारीहरूले कार्यालय समयको दुरुपयोग गरी कानुन विपरीतका कार्यमा समय खर्चिने गरेको र सामाजिक सञ्जालमा समेत अमर्यादित शब्द प्रयोग गरी समूहलाई बदनाम गर्न खोजेको दाबी गरेको छ ।

आर्थिक कारोबार तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १२० बमोजिम लेखा समूहको जिम्मेवारी स्पष्ट हुँदाहुँदै पनि केही सरोकारवालाहरूले आफ्ना कमजोरी लुकाउन समूहलाई ’बदनाम गर्ने प्रवृत्ति’ मौलाएको विज्ञप्तिमा उल्लेख छ ।
लेखा समूहले नियमित प्रशासनिक तथा आर्थिक कामकाज गर्दै आए पनि अनावश्यक रूपमा कामकाज बन्देज लगाई ३ महिनाभन्दा बढी समयदेखि भुक्तानी रोक्का गरिएको र यसबाट कर्मचारीहरूलाई अनावश्यक मानसिक यातना दिइएको आरोप लगाएको छ। साथै, साङ्केतिक रूपमा जागिरबाट निकाल्ने धम्की दिइएको विषयले समेत काम गर्ने वातावरणमा असहजता आएको जनाइएको छ।

लेखा समूहले आफ्नो मर्यादामाथि आँच आउने र काममा अवरोध पु¥याउने कार्य नरोकिए कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ ।

मधेश प्रदेश लेखा समुहका अध्यक्ष जितेन्द्र प्रसाद यादवको अगुवाईमा लेखा समुहका कर्मचारीहरुले् प्रदेशका अर्थ मन्त्रालयका सचिव रामकुमार महतोलाई समेत ज्ञापनपत्र बुझाउँदै उक्त घटनाको निष्पक्ष छानबिनको गरि दोषिलाई कारर्वाहीको हुनुपर्ने तथा कुनै पनि कार्यालयमा लेखा समुहका कर्मचारीलाई सहज रुपमा काम गर्ने वातावरणको सुनिश्चिता हुनुपर्ने सहितका माग गरेका छन् ।

सम्बन्धित खबर