LIVE
जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि |

जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि आर्थिक सहयोग गरेका छन् ।

कारागारमा रहेका ४ सय ५५ जना कैदीबन्दीले आपसमा चन्दा संकलन गरी १ लाख १ हजार १ सय ५ रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेका हुन् । विपद्को समयमा पीडित नागरिकलाई आफ्नो तर्फबाट पनि सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ कैदीबन्दीहरूले स्वेच्छाले रकम संकलन गरेको कारागार कार्यालय महोत्तरीले जनाएको छ ।

आफूहरू कारागारभित्र रहे पनि देशमा परेको विपद् र त्यसबाट प्रभावित नागरिकप्रति मानवीय संवेदना प्रकट गर्दै सहयोग जुटाइएको हो । कैदीबन्दीहरूले संकलन गरेको रकम सम्बन्धित प्रक्रियामार्फत प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिएको कारागार प्रशासनले जनाएको छ ।

विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला जलेश्वर कारागारका कैदीबन्दीहरूले गरेको यो सहयोगले मानवीय भावना र सामाजिक उत्तरदायित्वका लागि आर्थिक अवस्था वा परिस्थितिले सीमा नछेक्ने सन्देश दिएको छ ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला कैदीबन्दीहरूले आफ्नो तर्फबाट सहयोग गरेका छन् ।

सम्बन्धित खबर