LIVE
मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन | मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता |

जनकपुरधाम । होटल पौवाले भोटेकोशि नदिको आएको बिनाशकारि बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भोटेकोशी बाढीपछिको विपद्को समयमा राहत तथा पुनःस्थापनाका लागि होटल पौवाले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा निजी क्षेत्रबाट हुने सहयोग महत्वपूर्ण हुने बताए ।

होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले पौवाका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीले समेत आफ्नो तर्फबाट रकम संकलन गरी विपद्मा परेका नागरिकलाई सहयोग गरेको बताए । ‘रकम ठूलो नभए पनि अहिले देश महाविपत्तिको अवस्थाबाट गुज्रिरहेका बेला हाम्रो सानो सहयोगले पनि प्रभावित नागरिकलाई केही राहत पुग्ने विश्वास गरेका छौँ,’ उनले भने ।

होटल पौवाले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कार्यक्षेत्रको महत्वपूर्ण हिस्सा मान्दै आएको जनाएको छ । पौवाले यसअघि पनि विपद्, सामाजिक सेवा तथा समुदायसँग सम्बन्धित विभिन्न गतिविधिमा सहयोग गर्दै आएको जनाएको छ । चेक हस्तान्तरण कार्यक्रममा होटल पौवाका सञ्चालक समितिका सदस्यहरूको उपस्थिति थियो ।

सम्बन्धित खबर