LIVE
मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन | मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता |

जनकपुरधाम । मधेश प्रदेशसभाकी प्रदेश सांसद जैनब खातुनको निधन भएको छ ।
नेकपा एमालेबाट रौतहट क्षेत्र नम्बर ३ को समानुपातिकतर्फ प्रदेशसभा सदस्य रहेकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनलाई बुधबार अचानक चिनीको मात्रा बढेपछि उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचार भइरहेका क्रममा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिएका छन् । खातुन मधेश प्रदेशसभामा रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिक सांसदका रूपमा प्रतिनिधित्व गर्दै आएकी थिइन् ।
उनको निधनसँगै मधेश प्रदेशसभाले एक महिला सांसद गुमाएको छ ।

सम्बन्धित खबर