LIVE
छठ मनाउन मधेश झरे कांग्रेस सभापति थापा, सर्लाही हुँदै वीरगञ्ज पुग्ने | मधेशमा छठको रौनक, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै | मधेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान | कमला नदीमा डुबेर धनुषाका २४ वर्षीय युवकको मृत्यु | प्रदेश सरकारले भीमफेदी दुर्घटनामा मृत्यु भएका परिवारलाई जनही एक लाख दिने | मधेश सरकार जोगाउन कुनै सौदावाजी गर्दैनौ ः महामन्त्री पौडेल | टिपरको ठकरले स्कुटी चालकको घटनास्थलमै मृत्यु | प्रादेशिक अस्पतालको शवगृह नजिकै पुरुषको शव फेला, मृतकका आफन्तद्वारा विरोध प्रदर्शन | मधेशका मुख्यमन्त्री यादवले २८ कात्तिकमा विश्वासको मत लिने | चाडपर्वले बजारमा बढ्यो किनमेलको पहलपहल, महँगीले उपभोक्ता मारमा |

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन मधेश प्रदेश आइपुगेका छन् । पत्नीका साथ आइतबार बिहान बाराको सिमरा विमानस्थलमा अवतरण गरेका थापा दम्पतीलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री श्याम पटेलका अनुसार सिमरा विमानस्थलबाट थापा सिधै सर्लाही प्रस्थान गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा छठ पर्व मनाउने कार्यक्रम तय भएको छ । सर्लाहीको छठघाट पुगेर छठीमाईको दर्शन तथा पूजापाठ गरेपछि उनी आइतबार राति वीरगञ्ज पुग्ने कार्यक्रम छ ।

सोमबार बिहान पत्नीका साथ वीरगञ्ज–१० स्थित घडिअर्वा छठघाट पुगेर पूजापाठ तथा दर्शन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले वीरगञ्जका अन्य छठघाटको समेत भ्रमण गरी व्रतालु तथा श्रद्धालुहरूसँग भेटघाट र शुभकामना आदानप्रदान गर्नेछन् ।

नेपाली कांग्रेस वीरगञ्ज महानगर कार्यसमितिका सचिव भाजु राउत कुर्मीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार थापा बिहान ४ः३० बजे घडिअर्वा छठघाट पुग्नेछन् । त्यसपछि बिहान ५ बजे नगवा प्रहरी चौकीनजिकको छठघाट र ५ः४५ बजे छपकैयाँ छठघाट पुग्ने कार्यक्रम छ । छठघाटको भ्रमणपछि उनले स्थानीय चिया पसलमा चिया पिउँदै स्थानीयवासीसँग अनौपचारिक संवाद तथा अन्तरक्रिया गर्नेछन् ।

त्यसैगरी, बिहान ९ देखि १० बजेसम्म पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा आगन्तुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । बिहान १०ः३० देखि ११ बजेसम्म वीरगञ्ज–१४ स्थित पिपरामा आयोजना हुने प्रदीप गिरी फेलोसिप शुभारम्भ कार्यक्रममा उनी सहभागी हुनेछन् ।

त्यसपछि बिहान ११ः३० देखि ११ः४५ बजेसम्म वीरगञ्ज–३० स्थित बेलवामा निर्माणाधीन सामुदायिक स्वास्थ्य केन्द्रको स्थलगत अवलोकन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी लिने कार्यक्रम छ । त्यसलगत्तै थापा काठमाडौंका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

सम्बन्धित खबर