LIVE
प्रादेशिक अस्पतालको शवगृह नजिकै पुरुषको शव फेला, मृतकका आफन्तद्वारा विरोध प्रदर्शन | मधेशका मुख्यमन्त्री यादवले २८ कात्तिकमा विश्वासको मत लिने | चाडपर्वले बजारमा बढ्यो किनमेलको पहलपहल, महँगीले उपभोक्ता मारमा | एमालेपछि एमालेपछि नेकपा पनि छोडे मुख्यमन्त्री यादवको साथ | जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी तीव्र, १७ बोगीसहितको रेलबाट परीक्षण | एक लाख घुससहित सर्लाहीमा नायव सुब्बा पक्राउ | कर्मचारी सरुवामा विभेद र राजनीतिक हस्तक्षेपको आरोप, चुरे संरक्षण अभियान आन्दोलित | १९ वर्षदेखि अधुरो रामजानकी रंगशाला ः बजेट आयो, खर्च भएन ः अब वार्षिक २५ करोड लगानीको तयारी | विद्युत् प्राधिकरण बाधक बन्दा अलपत्र भयो मधेशको सौर्य सपना | चक्रवातको सम्भावना ः पाकेको धान काटन महोत्तरी प्रशासनको आग्रह |

जनकपुरधाम । जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेका जनकपुर प्रादेशिक अस्पतालको पछाडिपट्टि शवगृह नजिकै एक पुरुषको शव फेला परेको छ । उक्त शव धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार अस्पताल परिसरको पछाडिपट्टि शवगृह नजिकै सदाको शव फेला परेको हो । उनी केही दिनदेखि सम्पर्कविहीन भएपछि प्रहरीले खोजतलास गरिरहेको थियो । प्रहरीका अनुसार सदाकी श्रीमती प्रादेशिक अस्पतालमा उपचाररत थिइन् ।

श्रीमतीको उपचारका क्रममा उनी विगत पाँच दिनदेखि घरबाट खाना लिएर नियमित रूपमा अस्पताल आउने गरेका थिए । तर, पछिल्लो तीन दिनदेखि उनी परिवार तथा आफन्तको सम्पर्कमा आएका थिएनन् । उनी सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो। परिवारको सूचनाका आधारमा प्रहरीले खोजतलास गरिरहेको अवस्थामा अस्पताल परिसरमै उनको शव फेला परेको हो ।

शव फेला परेपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ । मृतकका परिवारजनले सदाको स्वाभाविक मृत्यु नभई हत्या गरेर शव फालिएको आरोप लगाएका छन् । उनीहरूले मृतकको आँखा र मिर्गौलासमेत निकालिएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

श्रीमती अस्पतालमा उपचाररत रहेकाले मैतु सदा दिनहुँ खाना लिएर आउने गरेको परिवारजनको भनाइ छ । यस्तो अवस्थामा उनी एकाएक सम्पर्कविहीन हुनु र अस्पताल परिसरभित्रै शव फेला पर्नुले घटना रहस्यमय बनेको उनीहरूको दाबी छ । घटनापछि आक्रोशित परिवारजन तथा स्थानीयले प्रादेशिक अस्पताल परिसरमा घेराउ गर्दै नाराबाजी गरेका छन् । उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, शवको अवस्थाबारे स्पष्ट पार्न र दोषी पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । प्रहरीले शवलाई पोस्टमाटको लागि अस्पतालमा पठाएका छन् भने घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

सम्बन्धित खबर