जनकपुरधाम । जनकपुरधामको पिडारी चोकमा टिपरको ठक्करबाट स्कुटी चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटीलाई बिहीबार साँझ ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका २० वर्षीय नवीन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले टिपरसहित महोत्तरीको भंगहा नगरपालिका–७ सितापुर निवासी २२ वर्षीय चालक सचिनकुमार सिंहलाई नियन्त्रणमा लिई घटना अनुसन्धान गरिरहेको छ ।





