LIVE
सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन | धनुषा–३ मा चुनावी सरगर्मी ः जुलीकुमारी महतोको बजार केन्द्रित घरदैलो |

महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार कलामुदिन राईन(कलाम)ले आफ्ना विभिन्न आकर्षक चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् ।
विकास निर्माणमा निकै पछाडि परेको लोहारपट्टी नगरपालिकालाई फोहरमुक्त बनाउनेदेखि जनताको आयस्तर उकास्न तथ बेरोजगारी समस्या न्युनिकरण गर्न स्थानीय स्तरमा उत्पादन र ग्रामिण औद्योगिकरण कार्यक्रम संचालन गर्ने कलामको चुनावी प्रतिवद्धता रहेको छ । भष्टाचार र कमिशन खोरीले बदमान लोहारपट्टी नगरपालिकालाई भष्टाचारमुक्त गरि सुसान स्थापना गर्ने, लथालिङग रहेको बनाईएको समुदायिक विद्यालय, स्वास्थ्य चौकी, प्रशासनिक निकाय तथा पुर्वाधार विकासमा जोड दिने छ ।
त्यसैगरि, नगरभित्र रहेका धार्मिक तथा सास्कृतिक धरोहरहरु गोरुका स्थान, अंधाआधीं स्थान, श्रवण गढ, रेखा माई स्थान, बौधी माई स्थान, मन्दिर र मस्जिदलाई संरक्षण र सम्वद्र्धन गरिने, तथा गोरुवा स्थान, आंधाआन्धी स्थान,श्रवण गढ, छिमेकी पालिकामा रहेका पौडेल स्थान, धुव्र कुण्ड, रौजा मजार, कञ्चनवन लगायतका धार्मिक स्थललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न रिङरोडको लागि पहल गरिने उम्मेदवार राईनको चुनावी प्रतिवद्धता पत्रमा उल्लेख छ ।
लोहरपट्टी नगरपालिकाको विभिन्न वडामा दैनिक रुपमा घरदैलो तथा चुनावी अभियान गर्दै आएका कलामले जनताको बीचमा आफ्ना चुनावी ऐण्डा र निर्वाचित भएपछि गर्ने विकास निर्माणको प्रतिवद्धता पनि गर्ने गरेका छन् । कुशल नेतृत्वको अभावमा लोहारपट्टी नगरवासीले विकासको अनुभुमि गर्न नसकेको बताउदै उम्मेदवार कलामले अहिले पनि प्रत्येक वडमा खाल्डाखुल्डी र समान्य वर्षा हुदाँ हिडनै नसक्ने गरि हिलो हुने गरेको छ, उम्मेदवार कलामले भने,‘ नगरपालिकाको शिक्षा, स्वास्थ्य,कृषि क्षेत्रमा विगतका मेयरले कुनै काम नै गरेका छैन । जनताले त्यसको मुल्याङकन गरिरहेका मतदान गर्छन् ।’ मुल सडकसँग जोडिन प्रत्येक गल्लीका नाला समेतका सडक विस्तार गर्नुको साथै प्रत्येक वडामा वर्थिङ सेन्टर स्थापना तथा नगरमा वारुण यन्त्र, एम्बुलेन्स लगायतका सुविधा उपलब्ध गराउने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

सम्बन्धित खबर