LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार मनोजकुमार चौधरीले २९ बुँदे संकल्प–पत्र सार्वजनिक गरेका छन् ।
संकल्प–पत्र सार्वजनिक गर्दै उम्मेदवार चौधरीले नीतिगत तथा संस्थागत भ्रष्टाचार मुक्त जनकपुरधाम निर्माणका लागि आफूले मेयर पदमा उम्मेदवारी दिएको बताए । आफ्नो उम्मेदवारी ऐतिहासिक, धार्मिक, सांस्कृतिक जनकपुरधामको संरक्षण सम्वर्द्धनको रूपमा विकास गर्न तथा आधुनिक जनकपुरधाम निर्माणका लागि रहेको र जनकपुरधामलाई धार्मिक पर्यटकीय शहरको रुपमा विकास गर्ने चौधरीको संकल्प पत्रमा उल्लेख गरेका छन् ।
राजा जनक र याज्ञवल्क्यको यस पावन भूमिलाई शिक्षा तथा स्वास्थ्य क्षेत्रको प्रमुख केन्द्रको रुपमा विकास गर्न, कृषि बजार तथा कृषि उत्पादनको व्यवस्थापन गर्नका लागि जनकपुरधामलाई व्यावसायिक ‘हव’ तथा नगरवासीको समस्या तत्काल सम्बोधन गर्नको लागि ‘टोल फ्रि कल’ सञ्चालनमा ल्याउन संकल्प पत्रमा बताईएको छ । फोहर व्यवस्थापनको लागि ल्याण्डफिल्ड साइटको निर्माण तथा वैज्ञानिक प्रविधिद्वारा फोहरबाट मोहर बनाउने संकल्प–पत्रमा उल्लेख छ ।
त्यसैगरि, नगरभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुको पठनपाठनको सुधार,शहीद परिवार, दलित, विपन्न, असहाय तथा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई गम्भीर किसिमको बिरामीको उपचारका लागि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा प्रादेशिक अस्पताल जनकपुरधामसँग सहकार्य गरी निःशुल्क स्वस्थ्य उपचारका लागि पहल गर्ने लगायतका विषय संकल्प पत्रमा समावेश गरिएको छ । बेरोजजारी समस्या न्युनिकरण गर्न सीपमुलक तालिम, स्वोरोजगार कार्यक्रम, सुकुम्बासी तथा भुमिहिनहरुको अवास योजना,रेल्वे स्टेशन, विमानस्थल तथा बस पार्कबाट जानकी मन्दिर सम्म बस संचालन गर्ने कार्यक्रम संकल्प पत्रमा रहेको छ ।
प्रदेश र संघीय सरकारसँग सहकार्य गरी पिडारी चोकस्थित बागवानी केन्द्रमा अन्तर्राष्ट्रियस्तरको बोटानिकल गार्डेन तथा एग्रिकल्चर रिसर्च सेन्टर निर्माण गर्ने साथै भ्यूटावरको निर्माण गरी स्ट्रोनोमिकल रिसर्च सेन्टर तथा मेट्रोलोजिकल रिचर्स सेन्टर निर्माण गर्ने, परिवारविहीन भएका बालबालिका र वृद्धहरुका लागि पारिवारिक वातावरण तयार गर्न नगरभित्र रहेका वृद्धाश्रम तथा अनाथ आश्रमलाई व्यवस्थित गर्ने, बुद्धिजीवि, समाजसेवी तथा विषयगत विज्ञहरुलाई समेटेर जनकपुरधामको दिगो विकासको योजना निर्माण तथा कार्यान्वयनका लागि ‘थिन्कटयांक’ निर्माण गर्ने चौधरीको आफ्ना चुनावी एजेण्डा अघि सारेका छन । जनकपुरधामलाई धार्मिक नगरीका साथै क्लिन एण्ड ग्रिन सिटी बनाउन नगरभित्रमा एकघर एक विरुवा लगाउन अभियान चलाउने र सेवाग्राहीलाई छिट्टो छरितो सेवा प्रदान गर्नका लागि आधुनिक प्रविधिलाई प्रयोगमा ल्याउनेलगायतका योजनाहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित खबर