LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

महोत्तरी । लोहारपट्टी नगरपालिकाका नेकपा माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार कलामुदिन राईन(कलाम)ले आफ्नो प्रतिस्पर्धा कुनै पार्टीको उम्मेदवारसँग नरहेको बताएका छन् ।
शनिवार लोहारपट्टी नगरपालिका–३ महदैया तपनपुरमा घरदैलो कार्यक्रम पश्चात चुनावी कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार कलामले यस्तो दावि गरेका हुन् । लोहारपट्टी नगरवासीले काँग्रेस नेतृत्वको मेयरको काम गराईको शैलि व्यवहार तथा पछिल्लो ५ सालमा नगरमा नगरको विकासको कामहरु जनताले देखिसकेका छन्, उम्मेदवार कलामले भने,‘ पछिल्लो ५ वर्षमा नगरभित्र विकास निर्माण भन्दा कमिशनखोरी र भष्टाचारी मात्रै भयो । त्यसकारण यो निर्वाचनमा नगरवासिको रोजाईमा काँग्रेस छैन ।’

मधेशी केन्द्रित दलहरुको टुक्राटुक्रा हुदाँ संगठन नै भताभुङग छ, उम्मेदवार कलामले भने,‘ त्यसकारण अहिले लोहारपट्टी नगरपालिकामा माओवादी केन्द्रको प्रतिस्तद्र्धामा कुनै पार्टी छैन ।’ लोहारपट्टी नगरपालिकामा जनता परिवर्तनको पक्षमा रहेको नेता कलामले दावि गरे ।
नगरको स्वास्थ्य, शिक्षा, तथा सडक यातायात तथा दल व्यस्थापनको अवस्था दयनिय रहेको र समान्य वर्षामा पनि नगरको एक वडाबाट अर्को वडामा जान पनि समस्या हुने गरेको नेता कलामको भनाई छ । आफु निर्वाचित भएको खण्डमा शिक्षा, स्वास्थ्य, कृषिका साथ साथै नगरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उम्मेदवार कलामले बताए । आसन्न निर्माणको समय नजिकदै गर्दा कलामलाई सर्वसधारण जनता खुलेर समर्थन गर्ने गरेका छन् ।

सम्बन्धित खबर