LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच दोहोरो गोली हानाहान भएको हो ।गणेशमान चारनाथ नगरपालिका ४ पोर्ताहास्थित चारनाथ खोलामा बन्दुधारी समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ ।सोमबार राति ११ः४० बजेको समयमा गणेशमान चारनाथ नगरपालिका पोर्ताहा प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएका छन ।

खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा उनीहरुले फायर गरेपछि जवाफी कारवाहीमा प्रहरीले दुई राउण्ड गोली प्रहार गरेका थिए । प्रहरीको जवाफी कारवाहीमा बन्दुकधारी समूहका एक जनालाई बायाँ खुट्टामा गोली लागि घाइते अवस्थामा पक्राउ गरेको छ। अन्य समूहका व्यक्तिहरू भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो।प्रहरीको गोली लागि पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका ५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो।

प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्थामा सामान्य रहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए।पक्राउ परेको व्यक्तिको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद गरीएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरुहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।

सम्बन्धित खबर