LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । पोखरामा हुने ९ औ राष्ट्रिय खेलकुदको लागि फुल कन्टेक्ट करातेका लागि मधेश प्रदेशबाट विभिन्न तौल समुहका १२ जना खेलाडी छनौट गरिएको छ ।
विरगंजस्थित घरिहरर्वा पोखरी रंगशालमा दुई दिन सम्म चलेको छनौट प्रतियोगितामा प्रदेश भरिबाट ९ औ राष्ट्रिय खेलकुदको लागि फुल कन्टेक्ट कराते खेल अन्तर्गत १२ जना खेलाडी छनौट भएको फुल कन्टेक्ट करातेका वरिष्ठ प्रशिक्षक मोहम्मद असगर खाँले जानकारी दिए ।
वरिष्ठ प्रशिक्षक खाँका अनुसार ४० मुनि किलो तौल समुहमा जनकपुरका अरमान साफी, ५५ किलो तौल मुनि समुहमा सर्लाहीका धमेन्द्र राय र ४५ मुनि तौल समुहमा एलिना बमजन छनौट भएका छन् भने खुल्ला किलो तौल समुहमा सुजित खड्का छनौट हुन सफल भएका छन् ।
त्यसैगरि, पर्सा विरगंजबाट पुरुष ४५ मुनि किलो तौल समुहमा गोविन्द गौतम चौरसिरया, ५० मुनि किलो तौल समुहमा रंजित कुमार, ६० तौल समुहमा रमेश्वर पटेल र ६५ किलो तौल समुहमा शुल्भ माझि छनौट भएका छन् ।


त्यसैगरि, महिला तर्फ, ४० किलो तौल समुहमा निम्किा चौधरी, ५० किलो तौल समुहमा दिपिका पटेल, ५५ किलो तौल समुहमा अस्मिता घरेल छनौट भएका छन् भने खुल्ला तर्फ निचित आले मागर छनौट भएको वरिष्ठ प्रशिक्षक तथा नेपाल क्युकोशिन कान कराते संघका मधेश प्रदेशका वरिष्ठ प्रशिक्षक खाँले जानकारी दिए ।

सम्बन्धित खबर