LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

पोखरा । क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाले उमेर हदका कारण आज आइतबारदेखि अवकाश पाएका हुन । नवौं राष्ट्रिय खेलकुदका क्रममा पोखरामा रहेका उनलाई पोखरा रंगशालामा नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय खेलकुद परिषद राखेपका पदाधिकारीले सम्मानसहित विदाइ गरेका हुन ।परिषदका स्थायी कर्मचारीले टमाटाले ५८ वर्षको उमेर हदका कारण अवकास पाएका हुन् । कैलालीको टिकापुर मुल थलो भएका टमाटाले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।सन् २००१ मा लेभल १ कोचिङ कोर्स पुरा गरेका टमाटाले २००४ मा लेभल २ सके र २०११ मा लेभल ३ कोर्स गरेका थिए । टमाटाकै प्रशिक्षणमा नेपाली यू–१९ टोली २०१२ को विश्वकपका लागि छनौट भएको थियो ।

सम्बन्धित खबर