LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

मो.इन्तेखाब आलम
जनकपुरधाम । मोहत्तरीको भ्रमरपुरमा लोहरपटी नगरपालिकाको सहयोगमा र सेवा निवृत शिक्षक कर्मचारी सदनको आयोजनमा २०७८ को एसईईमा ए पल्स र ए ग्रेड ल्याएका विधार्थीहरुलाई पुरस्कृत गरेको छ । लोहरपटी नगरपालिका मा वि स्कुलका विशिष्ट श्रृणी उतिर्ण २३ वटा छात्र, छात्राहरुलाई दोसल्लाह ओढाइ र शैक्षिक सामग्री वितरण गरि पुरस्कृत गरेको छ । लोहरपटी नगरपालिकाका मेयर शैलेन्द्र कुमार यादवको प्रमुख अतिथिमा शुक्रवार मोहत्तरीको भ्रमरपुरमा सो कार्यक्रम भएको थियो ।

पुरस्कृत गरिएको विधार्थीहरुमा १३ छात्रा र १० जना छात्रहरुले सो पुरसकार पाएका छन । लोहरपटी नगरपालिकाका मेयर,उपमेयर र सेवा निवृत शिक्षक कर्मचारी सदनले संयुक्त रुपमा विधार्थीलाई पुरस्कृत गरेका छन । भ्रमरपुरामा बसोबास गरिरहेका र उनीहरु हाल सरकारी जागिरमा रही देश निर्माणमा लागेका हुनाले उनीहरुलाई पनि सो सदनले सम्मानित गरेका छन । कार्यक्रममा लोहरपटी नगरपालिका विभिन्न दालका नेता ,कार्यकर्ता भरभला आदमी,शिक्षक,समाजसेवी शिक्षा प्रेमी,किसान,स्वास्थय कर्मी लगायतका व्यकतीहरु उपस्थित रहेका थिए ।

सम्बन्धित खबर