LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

पहिलो पटक प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा भाग लिएको जनमत पार्टीले प्रदेशसभा तर्फ मधेश प्रदेशमा हालसम्म गणना भएको मतपरिणाम अनुसार तेस्रो स्थानमा रहेका छन्
समानुपातिक तर्फ १९ लाख ४० हजार ३८ मतको गणना हुँदा नेपाली कांग्रेस सबैभन्दा बढी मतसहित पहिलो स्थान, नेकपा एमाले दोस्रो र जनमत पार्टी तेस्रो स्थानमा कायम रहेको छ ।
नेपाली कांग्रेसले ३ लाख ७५ हजार ९२ समानुपातिक मतसहित शिर्ष स्थानमा रहेको छ ।
यस्तै, नेकपा एमालेले ३ लाख ३८ हजार ५०८ मतसहित दोस्रो स्थानमा रहेको छ ।पहिलो पटक चुनावमा भाग लिएको जनमत पार्टीले २ लाख ८९ हजार ३७ मतसहित तेस्रो स्थानमा रहेको छ ।यस्तै, जनता समाजवादी पार्टीले २ लाख ७४ हजार ९००, एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेकपा माओवादी/नेसपा)ले १ लाख ७३ हजार ७६६, नेकपा एसले १ लाख ६ हजार २१९, लोसपापले १ लाख ४ हजार ४२९, राप्रपाले ६३ हजार ५९३, नेपाल संघीय समाजवादी पार्टीले ४८ हजार ९८१ मत प्राप्त गरेको छ ।यस्तै, नागरिक उन्मुक्ति पार्टीले ४० हजार ९४७, बहुजन एकता पार्टी नेपालले १९ हजार ९६३ मत प्राप्त गरेको छ ।

सम्बन्धित खबर