LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलाई ज्ञापनपत्र बुझाएको छ ।मंगलवार जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ नेतृत्वको व्यापारीहरुले टोलीले जग्गाको कित्ताकाटसहितको ७ सुत्रिय माग गर्दै ज्ञापनपत्र बुझाएको हो । लामो समयदेखि जग्गाको कित्ताकाट रोकिएकोले उद्योग व्यापार प्रभावित भएको भन्दै त्यसलाई अभिलम्व त्यसतर्फ ध्यान दिन माग गरिएको छ ।नेपाल सरकारले कृषि तथा गैर कृषि क्षेत्र छुट्याउन नयाँ कित्ताकाट रोकिएको छ । यसरी कित्ताकाट रोकिएपछि जग्गाको खरिद विक्रिको कार्य रोकिएको छ ।

जनकपुरधामको नगर क्षेत्रमा कृषि बजारको अभाव रहेकोले ऐकिकृत कृषि बजार स्थापना गरिनुपर्ने, जनकपुरधाम उपमहानगरपालिकाको राजश्वमा वृद्धि गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र उद्योगमैत्री वातावरण निर्माण गर्न माग गरिएको छ । त्यसैगरि, जनकपुरधाम प्रदेशको राजधानि भईसकेको अवस्थामा ठुला होटलहरुको लगानि गर्नेहरुको लागि सहज वात्तावरण बनाउनुपर्ने, जनकपुरधाम धार्मिक शहर भएकोले माछा मासुको बजार एक ठाउँमा व्यवस्थापन गर्न, नगरको फोरह व्यवस्थापनको लागि ल्याण्ड साईड फिल्डको निर्माणमा चासो देखाउन माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

सम्बन्धित खबर