LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । ऐतिहासिक रुपमा फिफा विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को टिमलाई समर्थन गर्न मोरक्कोको राष्ट्रिय ध्वजाबाहक रोएल एयर मोरक्कले दोहाका लागि ३० उडान थप्ने भएको छ ।मोरक्कोले फाइनल प्रवेशका लागि बुधबारराति साविक विजेता फ्रान्सको सामना गर्दैछ । जारी विश्वकपमा एकमात्र अपराजित टिम मोरक्कोले सेमिफाइनलमा पुग्न पोर्चुगललाई पराजित गरेको थियो ।

आफ्ना समर्थकलाई दोहा पुर्‍याउन मोरक्कोले बुधबार ३० वटा उडान सञ्चालन गर्ने सोमबार जारी वक्तव्यमा उल्लेख छ । यो मोरक्कोमात्र होइन समग्र अफ्रिका महादेशकै लागि खुसीको क्षण थियो, जतिबेला मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश बन्यो ।खर्चिलो हवाई यात्राका बाबजुद हजारौंको संख्याका मोरक्कन समर्थकहरु आफ्नो टिमको हौसला बढाउन कतार पुगिरहेका छन् ।

सम्बन्धित खबर