LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

काठमाडौं । कात्तिक महिना विदेशी विनिमय सञ्चितिमा थप सुधार देखिएको छ । कात्तिकमा विदेशी मुद्राको भण्डार १२ खर्ब ४६ अर्ब २७ करोड बराबरमा पुगेको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९र८० को प्रथम चौमासिक प्रतिवेदनमा उल्लेख छ ।असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर रहेको विदेही मुद्रा सञ्चिति ९ अर्ब ६३ करोड कायम भएको छ । साउन र भदौमा घटेको विदेशी विनिमय सञ्चिति असोज र कात्तिकमा लगातार बढेको हो ।अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १।० प्रतिशतले बढेर ९ अर्ब ६३ करोड कायम भएको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँरहेकोमा कात्तिक मसान्तमा ३।३ प्रतिशतले बढेर रु।१० खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु।१ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा कात्तिक मसान्तमा २।७ प्रतिशतले घटेर १ खर्ब ५५ अर्ब ५ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३।५ प्रतिशत छ ।

सम्बन्धित खबर