LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

मो.इन्तेखाब आलम
जनकपुरधाम । मधेश प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७९।०८० मा पुल निर्माणका लागि १२ करोड बजेट विनियोजन गरेको छ । जितपुर उपमहानगरपालिका वडा न. ८ को इनरुर्वासिरा वीच दुघौरा नदी रमौलीघाटमा प्रदेश सरकारले ३ करोडको लागतमा सो पुल निर्माण गरिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सिचाइ इन्जीनयर माधव देवले बताए । यस क्षेत्रका जनताले पुल निर्माण पश्चात आवतजात तथा व्यापारका लागी पुलले धेरै महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने उनले बताए । त्यस्तै परवानिपुर र प्रष्टोका बीच दुधौरा नदी बदरवाघाटमा मधेश प्रदेश सरकारले ३ करोडको लागतमा सो पुल निर्माण गर्न लागेको हो ।

देशमा बढदो सवारी साधन र व्यापारका लागी पुलको निर्माणले देशमा बढदो बेरोजगारीलाई पुल निर्माणले गर्दा सबैको लागी सहज वतावरण सिर्जना हुने सक्ने उनले बताए । मधेश प्रदेश सरकारले रामनगर बलधुसबा बीच जमुनी नदीमा पुल पचरौतामा पुल निर्माणका लागि ३ करोड बजेट विनियोजन गरेको देवले बताए । सो पुलको निर्मान कार्य भइरहेको उनले बताए । त्यसतै मनरा सिस्वा नगरपालिका वडा न. ७ झिंगा स्थान जंगा खोला पुल निर्माणका लागी मधेश प्रदेश सरकारले ३ करोड बजेटको लागतमा सो पुल निर्माण गरिरहेको उनले बताए । सो पुलको निर्माण अवधी २ वर्ष ६ महिनामा पुल निर्माण गर्न समय दिएको उनले बताए ।

तर केही प्राविधिक तृटीका कारण समयमा पुल निर्माण हुन नसकिरहेको उनले भने । विगतमा आएको करोना महामारीका कारण कतिपय योजनाहरु समयमा निर्माण हुन नसकेको उनले जिकिर गरे । प्रदेश सरकारलाई कतिपय योजनाहरुका लागी प्रयाप्त बजेट नरहेको कारण योजनाहरु समयमा निर्माण हुन नसकेको उनले जिकिर गरे । निर्माण कम्पनीहरुलाई प्रदेश सरकारको कानुन मापदण्ड भित्रमा रही योजनाहरु सम्पन्न गर्न समझौता भएकोे उनले बताए ।

पुल निर्माणका परियोजनाहरुको निर्माण गर्दा कम्तिमा ५० वर्ष सम्म टिक्न सक्ने आधुनिक इन्जीनयरीङ्ग प्रविधीबाट पुल निर्माण गर्न मधेश प्रदेश सरकारको उदेश्य रहेको उनले बताए । निर्माण कम्पनीहरुले पुल निर्माणका परियोजन निर्माण गर्दा ५ वर्ष भित्र पुल भत्कियो वा पुलमा केही समस्या भए त्यसको सम्पूण खर्च निर्माण कम्पनीहरुले व्योहोरनु पर्छ उनले जानकारी गराए । केही वर्ष यता धनुषा र सिरहालाई जोडने कमला नदिमा निर्माण भएको पुल केही वर्षमै भत्किएको जनकपुर उपमहानगरपालिका लोहना बभनामा २५ बस्ने इन्जीनयर मो.एकरामुलले बताए ।

पुल निर्माण कम्पनीहरु धरै पैसा बचाउन वा कर्मचारीको कमिश्नका कारण पुल निर्माणमा लागत भन्दा समानहरुमा कटौती गरेका कारण यस्ता घटनाहरु हुने गरेको उनले बताए । प्रर्याप्त निरिक्षण र अनुगमन नहुदा यस्ता घटनाहरु बढदै गएको उनले भने । उनले कमला नदिको उदाहरण दिदै भने पुल निर्माण पछि त्यसको अनुगमन र निरिक्षण भएको भए यस्ता घटना किन भयो ? उनले भने । देशमा अहिले बढी कमिशन र भ्रष्टाचारले गर्दा निर्माणका कतिपय योजनाहरु गुणस्तरविहीन तरिकाले काम भईरहेको छ ,र यसका कारण यस्ता घटनाहरु हुने गरेको उनले बताए ।

सम्बन्धित खबर