LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

काठमाडौं । नयाँ सरकार गठनपछि लगातार दुई दिन बढेको सेयर बजारमा बुधबार करेक्सन आएको छ । यद्दपी यस दिन दिनभर नै बजारमा उतारचढाव देखियो । अन्त्यमा बजार ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा आएर रोकियो । बुधबार कारोबार रकम समेत खुम्चिएर ०.६० प्रतिशतको करेक्सन आएको हो । कुल २५७ वटा धितोपत्रको ३९ हजार ६६० कारोबारबाट ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच भएको छ । जसको कारोबार मूल्य २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ रहेको छ ।बुधबार अधिकांश उपसूचकहरु राताम्य रहे ।

वित्त, जलविद्युत, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र नन लाइफ इन्स्योरेन्स उपसूचक भने हरियो देखिए । बुधबार सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स र द्यौलागिरि लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त, सृजनशील लघुवित्तको समेत सर्किट लेबलमा कारोबार भएको छ ।बुधबार सबैभन्दा धेरै माहुली लघुवित्तका लगानीकर्ताले गुमाए । यसको मूल्य ५.२० प्रतिशतले घट्यो । अजोड इन्स्योरेन्स, सामुदायिक लघुवित्त, नाडेप लघुवित्तको समेत मूल्य धेरैले घटेको छ । नविल बैंक, रिडी हाइड्रो, अपर तामाकोसीसहितका कम्पनी धेरै कारोबार हुनेमा परेका छन् ।

सम्बन्धित खबर