LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

काठमाडौं । राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको शानदार अर्धशतकमा विराटनगर सुपर किंग्सले नेपाल टी–२० लिग क्रिकेटमा पोखरा एभेन्जर्समाथि ८ विकेटको जित रचेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १३६ रनको लक्ष्य विराटनगरले १८।४ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो ।टिमलाई जित दिलाउन तेस्रो नम्बरमा ब्याटिङ गरेका रोहितले ७१ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।ओपनर अर्जुन साउद पहिलो बलमै आउट भएपछि धर्मराएको विराटनगरको ब्याटिङ रोहितले अर्का ओपनर गौरान्सु शर्मासँग मिलेर संहालेका थिए । यी दुईले ७८ रनको साझेदारी गरे ।

गौरान्सु ३३ रन बनाएर आउट भएपछि आएका हुसेन तलातसँग मिलेर रोहितले तेस्रो विकेटका लागि ६० रनको अविजित साझेदारी गरे । हुसेन २८ रनमा अविजित रहे ।यसअघि टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको थियो । पोखराले जारी लिगमा खराव प्रदर्शन गरिरहेको छ ।उसका लागि ओपनर सुमित महर्जनले २६, कप्तान उपुल थारंगाले २५ र अमिर हम्जाले ३७ रन बनाउनुबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।बलिङमा विराटनगरका आन्द्रे म्याकर्थीले ३ विकेट लिए ।

सम्बन्धित खबर