LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौैं । जनकपुर रोयल्सलाई ६ रनले पराजित गरी लुम्बिनी अल स्टार्स टिम नेपाल टी २० लिगको फाइनल पुगेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो क्वालिफायर्समा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल खडा गरेको थियो । जवाफमा जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्र जोड्न सक्यो ।जनकपुरलाई अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक थियो । अन्तिम ओभरमा लुम्बिनीका किशोर महतोको पहिलो बलमा सोमपाल कामीले १ रन लिए ।

विष्फोटक ब्याटिङ गरिरहेका पवन सर्राफले त्यसपछिका तीन बलमा रन लिग सकेनन् । पाँचौं बलमा २ रन लिएका उनले अन्तिम बलमा पनि रन बनाउन सकेनन् ।पवन १९ बलमा २ चौका र २ छक्कासहित ३० रनमा अविजित रहे पनि टिमलाई जिताउन सकेनन् । जनकपुरका लागि सामीउल्लाह सेनवारीले सर्वाधिक ४५ रन बनाए । उनले ३१ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । ओपनर सराफउद्धिन अश्रफले १९ बलमा २४ रन बनाए । कप्तान ट्रेभोन ग्रिफिफ्तले १० रन जोडे ।बलिङमा लुम्बिनीका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान २/२ विकेट लिए ।

यसअघि लुम्बिनीका लागि इशान पाण्डेले सर्वाधिक ३८ रन बनाएका थिए । ओपनर हर्मीत सिंह पहिलो बलमै आउट हुँदा लाहिरु मिलान्थाले १६ रन जोडे । कप्तान दिपेन्द्रसिंह ऐरी १०, अनिल शाह २४ र विपुल शर्मा २० रनमा आउट हँदा सेड्ली भान स्केल्कवेकले १७ रन योगदान गरे ।बलिङमा जनकपुरका अशन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले २/२ विकेट लिँदा कप्तान ट्रेभोन ग्रिफिफ्त र पवन शर्राफले १।१ विकेट लिए ।जनकपुरले सोमबार हुने विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्सबीचको विजेतासँग दोस्रो क्वालिफायरमा मंगलबार खेल्नेछ ।

सम्बन्धित खबर