LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

काठमाडौं । इलिमिनेटरमा काठमाडौं नाईट्सलाई ९९ रनले हराएपछि नेपाल टी २० लिगको फाइनल पुग्न हुने दोस्रो क्वालिफायरमा विराटनगर सुपर किङ्सले जनकपुरसँग रोयल्ससँगको भेट निश्चित गरेको छ ।लिग चरणमा शीर्ष दुईभित्र रहेपछि पहिलो क्वालिफायर खेलेको जनकपुर लुम्बिनी अल स्टार्ससँग पराजित भएको थियो । हारे पनि उसलाई फाइनलमा पुग्ने दोस्रो अवसर छ । दोस्रो क्वालिफायर मंगलबार हुनेछ । यो खेलको विजेताले बुधबार उपाधिका लागि लुम्बिनीसँग खेल्नेछ ।सोमबार त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १८३ रनको लक्ष्य पछ्याएको काठमाडौं १२।४ ओभरमा ८३ रनमै अलआउट हुन पुग्यो ।

विदेशी खेलाडीविना मैदानमा उत्रिएको काठमाडौं ब्याटिङमा निकै कमजोर देखियो ।काठमाडौंका कुनै पनि ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । पारिश्रमिकलगायतका समस्याका कारण काठमाडौंका कुनै पनि विदेशी खेलाडी नहुँदा टिम पुर्याउनै हम्मे भएको थियो ।बलर अभिनाश बोहोराले बनाएको १६ रन नै काठमाडौंका ब्याटरको सर्वाधिक व्यक्तिगत प्रदर्शन हो । कप्तान ज्ञानेन्द्र मल्लले १५ रन जोडेका थिए । लोकेश बमले १३ रनको योगदान गरे ।काठमाडौंको इनिङ ध्वस्त पार्न विराटनगरका स्पिनर सूर्य तामाङले ४ विकेट लिए । उनले २।४ ओभरमा १४ रन खर्चिए । कियोन जोसेप र साहब आलमले समान २–२ विकेट लिए ।

हुसेन तलातले १ विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले कप्तान रोहितकुमार पौडेलको अर्धशतक र अन्त्यतिर विवेक यादवको विष्फोटक ब्याटिङ सहयोगमा ६ विकेट गुमाएर १८२ रनको योगफल खडा गरेको थियो ।रोहितले ४९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले । २ ओभर नसकिँदै २ विकेट गुमाएर दवावमा देखिएको विराटनगरका लागि कप्तान रोहित र हुसेन तालातले ९८ रनको साझेदारी गरेका थिए । बनाए ।दुई ओभर नसकिँदै २ विकेट गुमाउँदै ५ रन बनाएको विराटनगरका लागि कप्तान रोहित र हुसेन तलातले ९८ रनको बलियो साझेदारी गरे ।

३८ रनको योगदान गरेका हुसेनले २३ बलमा ३ छक्का र १ चौका प्रहार गरे ।राज नान्ननले २३ र विवेक यादवले इनिङ्सको अन्त्यतिर विष्फोटक ४६ रन बनाएपछि विराटनगरले बलियो योगफल खडा गरेको थियो । यी दुईले छैटौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । विवेकले अविजित प्रदर्शन गर्ने क्रममा १८ बलमा ३ छक्का र ३ चौका प्रहार गरे ।बलिङमा काठमाडौंका कमलसिंह ऐरी र अनल खरेलले समान २–२ विकेट लिए अभिनाश बोहोरा र सुनम गौतमले समान १ –१ विकेट लिए ।

सम्बन्धित खबर