LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

काठमाडौं । नेपाल क्रिकेट संघले पहिलोपल्ट आयोजना गरेको नेपाल टी–२० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।मंगलबार सम्पन्न दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गरी विराटनगरले लुम्बिनीसँगको भेट निश्चित गरेको हो । आइतबार सम्पन्न पहिलो क्वालिफायरमा जनकपुरलाई नै हराएर लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६८ रनको लक्ष्य पछ्याएको जनकपुर इनिङ्सको पाँच बल अगावै १२८ रनमा समेटियो । जनकपुरका लागि चाड्विक वाल्टनले सर्वाधिक ५१ रन बनाए ।

उनले ४७ बलमा ६ चौका प्रहार गरे ।ओपनर सराफउद्धिन असरफ ४ रनमा आउट भए पनि अर्का ओपनर तथा कप्तान ट्रेभोन ग्रिफिफ्तले २४ बलमा ३४ रन बनाए । खडक बोहोराले १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।बलिङतर्फ विराटनगरका कियोन जोसेपले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव र राज नननले समान २–२ विकेट लिए । हुसेन तलात र सुर्य तामाङले १ –१ विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो ।उसका लागि ओपनर गौरान्सु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन जोडे । अर्का ओपनर अर्जुन साउदले २६ बलमा २ चौका र छक्कासहित ३५ रन बनाए ।

कप्तान रोहित पौडेल ४ बलमा १ रन बनाउँदै समिमुल्लाह सेनवारीको बलमा सराफउद्धिन असरफको हातबाट क्याच आउट भए । हुसेन तलात २१ बलमा ३१ रन बनाउँदै क्याच भए । राज ननन् १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाएर रनआउट भए ।विवेक कुमार यादव ७ बलमा ६ रन बनाउँदै क्याच आउट भए । अमर रौतेला ६ र पृथु बास्कोटा २ रनमा अविजित रहे ।बलिङमा जनकपुरका जितेन्द्र मुखियाले २ विकेट लिए । सराफउद्धिन असरफ, समिमुल्लाह सेनवारी र ललित राजवंशीले समान १–१ विकेट लिए ।विराटनगर र लुम्बिनीबीचको फाइनल खेल बुधबार त्रिवि मैदानमा हुनेछ ।

सम्बन्धित खबर