LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नावालिग बलात्कार आरोप लागेका राष्ट्रिय टिमको पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाबारे निर्णय गर्न कानून व्यवसायीहरुसँग छलफल गर्ने भएको छ ।बलात्कारको आरोपमा सन्दीप पक्राउ परेपछि क्रिकेट संघले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । उच्च अदालत, पाटनको २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार मात्र रिहा भएका छन् ।सन्दीपका तर्फबाट मुद्दा लडिरहेका वकिल सरोजकृष्ण घिमिरेले जेलबाट रिहा भएपछि क्यानले सन्दीपलाई स्वतः कप्तानी फिर्ता दिनुपर्ने दाबी गरेका छन् ।क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले सन्दीपलाई टिममा फर्काउनेबारे नेपाली कानून व्यवसायी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी र यस्तै प्रकरणमा अन्य देशमा भएको अभ्यासबारे छलफल जारी रहेको बताएका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा उनले भनेका छन्, ‘हामी कानून व्यवसायीसँग यसबारे बुझदैछौं । फैसलाको पूर्णपाठ पनि अध्ययन गर्नेछौं । अन्तर्राष्ट्रिय अभ्यास पनि बुझ्नेछौं ।’नेपाल क्रिकेटका लागि खेल्नु सार्वजनिक जीवनमा पर्ने भन्दै देशको कानून अध्ययन नगरी निष्कर्षमा पुग्न नसकिने सचिव मल्लको भनाइ छ । ‘देशको कानूनले यस्तो अवस्थामा सार्वजनिक जिम्मेबारी बहन गर्न रोक लगाएको छ÷छैन बुझ्नेछौं,’ मल्लले थपे, ‘यसबारे आईसीसीसँग पनि समन्वय हुनेछ ।’सन्दीपविरुद्ध २१ भदौमा नावालिग बलात्कारको आरोपमा प्रहरीमा उजुरी परेको थियो । त्यतिबेला बउनी राष्ट्रिय क्रिकेट टिमका कप्तान थिए ।

उजुरी परेको करिव एक महिनापछि असोज २० गते सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।त्यस लगत्तै नेपाल क्रिकेट संघले उनलाई राष्ट्रिय टिमबाट निलम्वन गरेको थियो । बलात्कार आरोपको प्रारम्भिक सुनुवाईपछि जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।बेरित आदेश बदरका लागि सन्दीपले मंसिर २९ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाई गरी अदालतले विहीबार २० लाख धरौटी र थुप्रै सर्तहरु राखेर रिह ागर्न आदेश दिएको थियो ।अदालतको सो आदेश शुक्रबार कार्यान्वयन भएको छ ।

सम्बन्धित खबर