LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् ।उच्च आदालत पाटनले दिएको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज शुक्रवार काठमाडौं जिल्ला अदालतबाट रिहा भएका हुन् । उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिवद्धतासहित उनलाई शुक्रवार दिउँसो थुनामुक्त गरिएको हो ।उनले अबको कानूनी प्रक्रिया बाहिरबाटै लड्नेछन् । सन्दीपलाई धरौटीमा छोड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ ।

सन्दीप थुनामुक्त भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनका वकील सरोजकृष्ण घिमिरेले सन्दीपको अनुपस्थितिमा नेपालको क्रिकेट धराशायी भएको अवस्थालाई मध्यनजर गरी क्यानले पुनः सन्दीपलाई कप्तानी दिनेमा विश्वस्त रहेको बताए। उनले सन्दीप शारीरिक रुपमा ठिक रहेको मानसिक रुपमा काउन्सिलिङमा रहने स्पष्ट पारे ।बिहीवार न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छोड्न आदेश दिएको थियो ।

सम्बन्धित खबर