LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

, काठमाडौं । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र एपीएफकी फूलमती रानाले राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।शनिबार दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको प्रमुख विधा हाफ म्याराथनमा आर्मीका दीपकले १ घण्टा ५ मिनेट २२ सेकेण्डमा दूरी पूरा गरी उपाधि जितेका हुन् । आर्मीकी राजन रोकाय ६ सेकेण्डले पछि पर्दै उपविजेतामा सीमित रहे । आर्मीका नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गरे । गत संस्करणको च्याम्पियन बागलुङका तीर्थ पुन र आर्मीकी सुशील कुमार शाही क्रमश चौधो र पाँचौं भए ।महिलातर्फ एपीएफकी फूलमती रानाले १ घण्टा २२ मिनेट १२ सेकेण्डको टाइमिङसहित उपाधि जितिन् । उनले नेपाल पुलिस क्लबका राममाया बुढालाई ५ सेकेण्डले पछि पारेकीि हुन् ।

आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा २३ मिनेट १० सेकेण्डको टाइमिङसहित तेस्रो भइन् । आर्मीकी कल्पना खड्का र वागमती प्रदेशकी अन्जु खड्का क्रमश: चौथो र पाँचौं भए ।महिला र पुरुष दुवैतर्फका विजेताले १ लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार पाएका छन् ।पुरुष १० किलोमिटर र महिला ५ किलोमिटरमा पनि विभागीय टिमकै खेलाडीको बर्चश्व रह्यो । १० किमीमा शीर्ष पाँच स्थानका सबै खेलाडीहरु आर्मीका छन् । मुकेश पालले ३० मिनेट ५६.०१ सेकेण्डसति उपाधि जिते । गजेन्द्र राईले ३१ मिनेट २९ सुेकेण्डमा दूरी पूरा गरे । सुवास कार्की ३१ मिनेट ७.२० सेकेण्डसहित तेस्रो भए । चौथो र पाँचौं हुने क्रमसः सिकास राई र मोहनदेव जोशी पनि आर्मीकै हुन् ।

महिला ५ किमिमा आर्मींकी गीता बिकले २१ मिनेट ३८.५२ सेकेण्डको टाइमिङसहित पहिलो हुँदा आर्मीकी निर्मला केसीले २२ मिनेट ८.२२ सेकेण्डमा दूरी पूरा गरी दोस्रो भइन् । एपीएफकी सीमा चौधरी तेस्रो, नेपाल पुलिसकी विष्णा कुमाल चौथो र एपीएफकी आशा रावत पाँचौं भए ।विद्यालय छात्र ५ किमिमा सन्जीव नेपाली र छात्रा ३ किमीमा कल्पना बुढाले उपाधि जिते । ह्वीलचियरतर्फ पुरुषमा प्रेमबहादुर बिक र महिलामा रजनी राई च्याम्पियन बनिन् ।नेपाल भेटेरेनरी एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ८३ हजार ३३३ रुपैयाँ थियो ।

सम्बन्धित खबर