LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

मो.इन्तेखाब आलम
जनकपुरधाम । सुन चाँदी कालिगढ संघ जनकपुरधाम धनुषाकोे निर्वाचनमा नागेन्द्र कुमार ठाकुर अध्यक्ष पदमा निर्वाचित भएका छन । शनिवार राम यूवा कमिटीको प्रागंनमा भएको सुन चाँदी कालिगढ संघ जनकपुरधाम धनुषाको निर्वाचनमा ११ सदस्य कार्य समितीमा निर्वाचित भएका छन । सुन चाँदी कालिगढ संघ जनकपुरधाम धनुषाको भएको निर्वाचनमा नगेन्द्र कुमार ठाकुरले १२८ मत ल्याई अध्यक्ष पदमा निर्वाचित भएका हुन । उनका प्रतित्वबन्धी विजय कुमार ठाकुरले ९१ मत, र शिव ठाकुरले ७३ मत प्राप्त गरेको सुन चाँदी कालिगढ संघ जनकपुरधामका निर्देशक मनोज ठाकुरले बताए ।

त्यस्तै उपाध्यक्षमा १७० मत ल्याई मनोज कुमार ठाकुर सोनार निर्वाचित भएको उनले बताए । उनका प्रतित्वबन्धी दिनेश ठाकुरले १२८ मत प्राप्त गरेको उनले बताए । त्यस्तै महासचिवमा १५६ मत ल्याएर विरेन्द्र कुमार साह विजय भएका छन । उनका प्रतित्वबन्धी अनिल कुमार साहले १४३ मत प्राप्त गरेको उनले भने । कोषाअध्यक्षमा १६१ मत ल्याई प्रमेश्वर साह विजय भएको उनले बताए । उनका प्रतित्वबन्धी सुमन ठाकुरले १४२ मत प्राप्त गरेको उनले बताए । उक्त चुनावमा सचिव अभिषेक कुमार ठाकुर,सदस्यमा सुखराम साह,अजय कुमार ठाकुर,सुधिर कुमार साह,महेन्द्र ठाकुर गोविन्द कुमार ठाकुर, विकास कुमार श्रीवास्तव भने निरबिरोध चयन भएका छन

सम्बन्धित खबर