LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । कुनै समय अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइरालाबीचको अफेयरको खबरले बलिउड तातेको थियो । नानाले हालै फिल्मफेयर म्यागजिनसँगको अन्तर्वार्तामा मनिषासँगको अफेयरबारे कुरा गरेपछि यी दुईबीचको चर्चाले बलिउड फेरि गर्माएको छ ।उक्त अन्तर्वार्तामा नानाले मनिषासँग आफ्नो विवाहेत्तर सम्बन्ध रहेको पनि स्वीकारेका छन् । यी दुईबीच प्रेमकथाको सुखद अन्त्य चाहिं हुन सकेन । यी दुईबीचको सम्बन्धमा कस्तो मोड आयो जसले सम्बन्धको टुंगियो भन्नेबारे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सन् १९९६ मा पार्थो घोष निर्देशित फिल्म ‘अग्निसाक्षी’को सुटिङको क्रममा नाना र मनिषाको रोमान्टिक सम्बन्ध सुरु भएको थियो । त्यतिबेला मनिषा अर्का अभिनेता विवेक मुशरनसँगको ब्रेकअपपछि सिंगल थिइन् । त्यतिबेला नानाको व्यक्तित्वबाट प्रभावित मनिषा र नानाले गोप्य रुपमा डेट गर्न थाले ।‘अग्नि साक्षी’को रिलिजपछि नाना र मनिषाले सञ्जयलीला भन्सालीको फिल्म ‘खामोशी’मा फेरि एक पटक स्क्रिन सेयर गरे, जुन फिल्म त्यही वर्ष रिलिज भएको थियो । त्यतिबेला उनीहरुको अफेयरको खबरले फिल्म म्यागजिनका स्तम्भ भरिन थालिसकेको थियो । बलिउड शादिसमा प्रकाशित एक रिपोर्ट अनुसार मनिषाका छिमेकीले नानालाई धेरै पटक अभिनेत्रीको घरबाट बिहानै बाहिर निस्किएको पनि दाबी गरेका थिए ।
तर यो जोडीको प्रेम लामो समय टिक्न सकेन । त्यसको कारण थियो, त्यतिबेला विवाह गरेका नानाले श्रीमती नीलकान्ति पाटेकरसँग सम्बन्धविच्छेद गर्न अस्वीकार गरेनन् । उनीहरु छुट्टाछुट्टै बस्दै आएको बताइएको छ । उक्त रिपोर्टमा भनिएको छ, ‘मनिषाले नानालाई बारम्बार आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गर्न आग्रह गरिन् तर उनी मानेनन् ।’यी दुईबीच ‘दिल से’ सहकार्यको पछिल्लो फिल्म बन्यो । जब मनिषाले नानालाई अभिनेत्री आयशा झुल्कासँग बन्द कोठामा सँगै देखिन्, तब यसले नाना र मनिषाबीचको दरार बढ्यो । दुवै कलाकार अन्ततः अलग बाटोमा लागे ।

फिल्मफेयरसँगको पछिल्लो अन्तर्वार्तामा नानाले मनिषालाई सम्झिंदा आफूलाई सम्हाल्न सकेनन् । उनले मनिषालाई सबैभन्दा संवेदनशील अभिनेत्री भएको बताए । नानाले उनलाई कस्तुरी र हिरणसँग तुलना गरे र उनले कसैसँग तालमेल गर्न आवश्यक नरहेको बताए । नानाका अनुसार मनिषासँग उनको ब्रेकअपको क्षण निकै कठिन चरण थियो र उनले त्यो पीडालाई बयान गर्न सक्दैनन् ।

सम्बन्धित खबर