LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

८ फागुन, काठमाडौं । क्रिकेट भलाद्मीको खेल हो । गत वर्ष यस्तै भलाद्मीपन देखाएका कारण राष्ट्रिय टोलीका क्रिकेटर मोहम्मद आसिफले खुबै चर्चा बटुले ।चर्चाको प्रमुख दुई कारण छन् । पहिलो उनले गत वर्ष खेलभावना देखाउँदै गरेको उदारता र अर्को त्यसका लागि आसिफलाई विश्व क्रिकेटको सर्वोच्च संस्थाले प्रदान गरेको ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ ।नेपाली खेलाडीले पहिलो पटक आईसीसीको वार्षिकी अवार्ड पाएको हो । आईसीसीले वर्ष २०२२ मा गरेको प्रदर्शन आधार मानेर विभिन्न १३ विधामा पुरस्कृत गर्दा आसिफलाई खेलभावनाको कदर गरेको भन्दै उक्त अवार्ड प्रदान गरेको हो । आइसीसीको अवार्ड पाउने पहिलो नेपाली क्रिकेट खेलाडी बनेपछि उनले यो अवार्ड पाउँछु भनेर आश नगरेको बताए । विशाल ह्दय बोकेका उनले भने, ‘नेपाली क्रिकेटले यो अवार्ड पाएजस्तो लागेको छ ।’

सम्बन्धित खबर