LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

काठमाडौं, आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले लगातार चौथो जित निकालेको छ ।नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको आजको खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको छ ।मंगलबार सिरिजको अन्तिम खेलमा नेपालले लिग २ को च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको जित निकाल्यो ।नेपालले २१३ रनको लक्ष्य ८ विकेटको क्षतिमा ३५ बल बाँकी रहँदै पूरा गर्‍यो नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले ९५ रन हाने। नटआउट रहेका अर्का खेलाडी करण केसीले ३१ रन हाने।

यस्तै, ओपनरद्वय कुशल भुर्तेल १ रन र आसिफ शेख १२ रनमा आउट भए। ज्ञानेन्द्र मल्लले २१, कुशल मल्ल १७, सन्दीप जोरा १, दीपेन्द्रसिंह ऐरी ७ र सोमपाल कामी २ रनमै आउट भए।यस्तै, सन्दीप लामिछाने आठौं विकेटको रुपमा ९ रन बनाएर आउट भए।बलिङमा स्कटल्यान्डका मार्क वाटले ३ विकेट लिए।त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६.१ ओभरमा २१२ रनमा अलआउट भयो।बलिङमा नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। करण केसीले ३ विकेट लिए। ललित र कुशल मल्लले १÷१ विकेट लिए।

लिग–२ मा स्कटल्यान्ड च्याम्पियन बनेको थियो। लिग–२ को शीर्ष टिम स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोडेको छ। दोस्रो स्थानको ओमानले ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम ३४ खेलबाट ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ।लिग–२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग–२ मा आफ्ना ८ खेल खेल्न बाँकी छदा २८ खेलबाट २६ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ।लिग–२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।लिग–२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ।

सम्बन्धित खबर