LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । विगत ५ महिनादेखि तलब नपाएको भन्दै बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कर्मचारिहरुले कार्यालयमा तालाबन्दी गरेको छ ।
गत कार्तिकदेखि नै आफुहरु तलब नपाएको र परिषदका अध्यक्ष शितल साहलाई पटक–पटक लिखित तथा मैखिक रुपमा ताकेता गर्दापनि कुनै सुनवाई नगरेपछि वाध्य भएर कार्यालयमा तालाबन्दी गरेको कर्मचारिहरुको भनाई छ ।
लामो समयदेखि तलब नपाउदाँ कर्मचारिहरुलाई घरपरिवार चलाउन समस्या हुने गरेको उनीहरुको दुखेसो पोखे । अध्यक्ष साहकै मनोमानिको कारण कर्मचारिहरुले तलब नपाएको बताउदै परिषदका प्रशासकिय अधिकृत जितेन्द्र कुमार यादवले भने,‘अध्यक्ष साहले संस्थाको उद्देश्यविपरीतका काम गर्ने गरेको र कार्यालयका दर्ता चलानि रजिस्टर पनि आफुसँगै राख्ने गरेको र वरिष्ठ लेखापाल हुदाँ हुदै आफ्ना नजिकका कनिष्ठ कर्मचारिलाई लेखापालको जिम्मेवारि दिएर आफुखुसि काम गर्ने गरेको छ ।’
अध्यक्षकै लापवाहिका कारण अहिले सम्म परिषद्ले कुनै योजनालाई अगाडि बढ्न नसकेको कर्मचारिहरुको आरोप छ । अध्यक्ष साहले आर्थिक वर्ष २०७९÷०८० मा चाडपर्व शिर्षक, इन्धन लगायतमा विनियोजन गरिएको भन्दा बढी रकम खर्च गरेको उनीहरुको छ । परिषदको ऐन विपरित कार्यालय काठमाण्डौमा परिषदको सम्र्पक कार्यालय खोलेर अध्यक्ष साहले आर्थिक हिनामिन गरेको कर्मचारिहरुको भनाई छ । उनीहरुले आफुहरुको समस्या समाधान तथा कर्मचारिलाई पदिय हिसाब जिम्मेवारि नदिए सम्म आफुहरु तालाबन्दी जारि राख्ने अधिकृत यादवले बताए ।

सम्बन्धित खबर