LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

काठमाडौं । भारतका पूर्व क्रिकेटर सलिम दुरानीको निधन भएको छ । आफ्नो पालामा अलराउन्डर क्रिकेटरको पहिचान बनाएका दुरानीको ८८ वर्षको उमेरमा निधन भएको हो ।आक्रामक बायाँ हाते बलर र ब्याटर दुरानीले २९ टेस्ट खेल्दा १ हजार २०२ रन बटुलेको र ७५ विकेट लिएको ईएसपीएनले जनाएको छ ।

सन् १९७१ मा वेस्ट इन्डिजमा भारतलाई पहिलो टेस्ट क्रिकेट जिताउन मद्दत गरेका कारण उनलाई सबैभन्दा धेरै सम्झना गरिन्छ । पोर्ट अफ स्पेनमा भएको दोस्रो इनिङमा भारत ७ विकेटले विजयी भएको थियो । सो खेलमा दुरानीले १७ ओभरमा जम्मा २१ रन खर्चिएका थिए ।दुरानी भारतको गुजरातस्थित आफ्नो भाइको घरमा बस्दै आएका थिए । गत जनवरीमा उनको तीघ्राको हड्डीको अपरेसन गरिएको थियो ।

सम्बन्धित खबर