LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

महोत्तरीको लोहारपट्टी नगरपालिकामा एक मजदुरले काम गरेको पैसा माग्दा ठेकेदारले पोलमा बाँधेर मोसो दलेर कुटपिट गरेको अमानवीय घटना सार्वजनिक भएको छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नादाफले काम गरेबापतको पैसा माग्दा ठेकेदार स्थानीय आनन्द मिश्रले गाउँको चोकमा रहेको पोलमा बाँँधेर मोसो दलेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । २३ चैतमा मिश्रले नदाफलाई कपाल मुण्डन गरी गाउँको बीच बजारमा रहेको पोलमा बाँधेर अमानवीय व्यवहार गरेका थिए ।

मिश्रलाई नियन्त्रणमा लिएर प्रहरीले अपमानजनक तथा अमानवीय व्यवहार कसुर मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । मिश्रले नदाफमाथि गरेको अमानवीय गतिविधिको भिडियो सामाजिक सञ्जालबाट थाहा पाएपछि प्रहरीले पीडितका हजुरबुबा गफुर नदाफको जाहेरीका आधारमा मिश्रलाई नियन्त्रणमा लिएको महोत्तरीको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

ठेकेदार मिश्रले लोहारपट्टी नगरपालिका– ६ मा शिव आश्रम निर्माणको कामको ठेक्का लिएका थिए । मिश्रले उक्त काम गर्न नदाफलाई दैनिक ज्यालादारीमा राखेका थिए । काम गरेको ४–५ दिनपछि नदाफले आफूहरूको रमजान पर्व रहेको भन्दै मिश्रसँग ज्यालासहितको हिसाब माग गरेका थिए । तर, ठेकेदारले एक–दुई दिन भन्दै पैसा दिएनन् । पैसा पटकपटक माग्दा पनि पैसा नदिएको झोँकमा नदाफ आफ्नो पारिश्रमिकबराबरको सामानहरू पंखा, फलाम काट्ने मेसिन, आरीलगायतका सामानहरू लिएर आफ्नो घर आए ।

त्यसको भोलिपल्ट मिश्रले नदाफलाई फोन गरेर सामानहरू किन लगेको भनेर भन्दा आफ्नो पैसा बाँकी रहेको र पैसा नदिएकाले सामानहरू ल्याएको मिश्रलाई जवाफ फर्काए । त्यसपछि मिश्रले सामानहरू ल्याऊ, शिव आश्रम आऊ र आफ्नो पैसा लिएर जाऊ भनेर नदाफलाई बोलाएका थिए । त्यहीँ बोलाएर नदाफलाई कुटपिट गरी हात बाँधेर चोकमा ल्याएका थिए । ठेकेदार मिश्रले नदाफमाथि सामान चोरीको आरोप लगाउँदै पोलमा बाँधेर कुटपिट गरेका थिए ।

यता, घटनामा पक्राउ परेका मिश्रलाई छुटाउन नेपाली कांग्रेस महोत्तरीका केही नेताहरू सक्रिय देखिएका छन् । नदाफलाई बाँधेर कुटपिट तथा अमानवीय व्यवहार गर्ने मिश्रलाई बचाउन केही कांग्रेस नेताहरू उल्टै नदाफलाई नै चोरीको घटनामा फसाउन प्रहरी प्रशासनलाई दबाब दिने गरेको पीडित परिवारको आरोप छ ।

पीडित परिवारले ती नेताहरूकै दबाबमा मंगलबार प्रहरीले नदाफलाई पनि आफ्नो नियन्त्रण लिएको बताएका छन् । प्रहरीले भने स्थानीय केही व्यक्तिले नदाफको विरुद्धमा जाहेरी दिएकाले पक्राउ गरेको जनाएको छ । यता, पीडित परिवारजनले न्यायका लागि मानवअधिकार आयोगसहित विभिन्न संघसंस्थालाई गुहार लगाएका छन् ।

सम्बन्धित खबर