LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले आज बेलुकी इरानसँग खेल्दैछ ।समूह एचमा रहेको नेपाल र इरानबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।नेपाली यू१७ महिला टोलीले यसपटक विष्णु गुरुङको प्रशिक्षणमा खेल्नेछ । यसअघि साफ यू१७ च्याम्पियनसिपपमा भगवती थापा मगर मुख्य प्रशिक्षक थिइन् ।

तुलानात्मक रुपमा बलियो टोद्यी इरान विरुद्ध सुखद नतिजा ल्याउने लक्ष्यमा नेपाल छ । यस समूहको अर्को टिम आयोजक जोर्डनसँग नेपालले आउने शुक्रबार खेल्नेछ ।समूह विजेता बन्ने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।पहिलो चरणको छनोटमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूह्यको विजेता दोस्रो चरणमा पुग्नेछन् । जहाँ ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूह्यको शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू१७ महिला एसियन कपमा स्थान बनाउनेछ ।

आयोजक इन्डोनेसियासँगै २०१९ मा भएको प्रतियोगिताको विजेता जापान, उपविजेता उत्तर कवरिया र तेस्रो भएको द्बीन भने सिधै छनोट भइसकेका छन् ।

 नेपाली टोली

गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डर : अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर, सुमी हाङ्मा राई

मिडफिल्डर : माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार, दिलमाया घिसिङ

फरवार्ड : सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार, कविता गुरुङ ।

सम्बन्धित खबर