LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयामा सडक निर्माणको विषयमा विवाद हुदाँ दुई जना गम्भिर घाईते भएका छन् ।
शनिवार विहान भएको करिव १० वजे सडक निर्माणको विषयमा भएको विवादमा स्थानीय ५५ वर्षिया तेतरी खातुन र उनका २८ वर्षिय छोरा मोमजात कवारी गम्भिर घाईते भएका हुन्। घाईते दुवै जनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।


साविकको सडकलाई छोडर हाम्रो निजी जग्गा अतिक्रमण हुने गरि सडक निर्माण कार्य गरिहेको र त्यसको विरोध गर्दा आफुहरुलाई स्थानीय जयनुल कवारी, फुल मोहम्मद, काले कवारी, सैमा कवारी सहितले मिलेर आफुहरुलाई कुटपिट गरेको घाईते कवारीले बताए । केहि खास व्यक्तिलाई फाईदा पुग्ने उदेश्यले साविकको सडकलाई छोडेर कुनै व्यक्तिलाई मार्का पर्ने गरि सडक निर्माण नगर्न नगराउन उच्च अदालत जनकपुरले समेत निषेधज्ञा जारि गरेको अवस्थामा सो वडाका वडाध्यक्ष रामजी यादवको आदेशमा पुनः सडक निर्माणको कार्य सुरु भएपछि विरोध गर्दा आफुहरुलाई कुटपिट गरिएको उनले आरोप लगाए ।


उच्च अदालत जनकपुरधामका न्यायधिश सागर विष्टको ईजलासले सो वडाका किता नम्बर ७३७ मा भएर तत्काल सडक निर्माण नगर्न नगराउन जेठ ४ गते अन्तिरिम आदेश जारि गरेको छ । तर अदालतको आदेशको समेत अवज्ञा गरि वडाध्यक्ष यादवको निर्देशनमा सडक निर्माणको कार्य भईरहेको घाईतेका दाई सौकत अली राईनले दावि गरे । जयनुल कवारी सहितले भाई र आमालाई घरमा थुनेर मनरासन हुने गरेको कुटपिट गरेको उनले बताए ।

सम्बन्धित खबर