LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । धनुषा प्रहरीले विभिन्न चोरीका घटनामा पक्राउ गरिएका २७ जनालाई एकैदिन सार्वजनिक गरेको छ ।
जनकपुरधाम बजारसहित ग्रामिण क्षेत्रका चोरीको घटनामा वृद्धि भएपछि प्रहरीले विभिन्न मितिमा चोरीको आरोपमा पक्राउ परेकाहरुलाई बुधवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमाथि खानेपानीको कल चोरीदेखि मोटरसाइकल तथा गरगहना चोरीको आरोप छ ।
चोरीको आरोपमा बलिराम मण्डल, शुशिल पंजियार, सुनिल मुखिया, मुकेश साह, दिवेन्द्र मण्डल, रितेश गुप्ता, रंजित दास, नविन कुमार यादव, सोनु कुमार सहनी, राज कुमार यादव, संजिव राम, ईन्दल राम, नारायण साह, साजन मुखिया, सलमान मंसुर, ऐलुन खान, गुड्डु महतो र राम प्रवेश महतो रहेका छन् । त्यसैगरि, मुकेश गुप्ता, मणि शंकर यादव, सौरव यादव, राम गणेश साह, अजय मण्डल, कुन्दन गुप्ता, बिमलेश कुमार महासेठ, उमेश दास र शुभम कुमार साहलाई प्रहरीले चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले लागूऔषध सेवनकर्ता, रोजगारीको कमी, हाईफाई लाईफ र खर्चिलो तथा भडकिलो जीवन शैली, महंगा गाडी, मोटरसाइकल, ब्राण्डेड समान लगाउने लोभमा सजिलो अर्थोआर्जनको माध्यम बनाएर साथी संगतको कुलतका कारण उनीहरुले चोरी गर्नेगरेको बताए ।
घरमा घरधनी नरहेको तथा सिसिटिभीको निगरानीबाट टाढा रहेको घरहरुलाई चोरहरुले टार्गेट गर्ने गरेको उनले बताए ।

सम्बन्धित खबर