LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । जनकपुरधाम स्थित एक होटेलमा गुण्डाशैलीमा आएर ताल्चा लगाएको भन्दै धनुषा प्रहरीमा उजुरी दिएका छन् ।
जनकपुरधामको जनक चोक स्थित फिल इट होटेलमा ताल्चा लगाएको भन्दै स्थानीय व्यापारि धर्मेन्द्र साहमाथि उजुरी दिएका हुन् ।
गुण्डागर्दी शैलीमा आएर होटेलमै ताल्चा लगाएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएको होटल व्यवसायी भरत महासेठले बताए । उनले आफुमाथि रिइसवी साँध्नका धाकधम्कीसहित लुटपाट गर्ने मनसायले ताल्चा लगाएको धर्मेन्द्र साहमाथि आरोपसमेत गाए ।
उनले धनुषा प्रहरी कार्यालयमा आवश्यक कारवाही तथा जीउधनको शान्ति सुरक्षाको मागसमेत गरेका छन् ।
यता, घरपट्टीसमेत रहेका प्रकाशजंग राणा कामविशेषले मुलुक बाहिर रहेको मौका छोपी धर्मेन्द्र साहले आफ्नो घरमा गुण्डाशैलीमा ताल्चा लगाएको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै उनका छोरा समिरजंग राणाले पत्रकार सम्मेलन गरि बताए ।

जनकपुरधाम उपमहानगरपालिका–२ को साविक मा किता नम्बर २६४,२६५ र २६६ गरि ३ कठ्ठा ४ धुर जग्गा पुस्तौदेखि आफुहरुले भोगचल गर्दै आएकोमा केहि व्यक्ति आफुहरुलाई धाक धमकी देखाएर उक्त जग्गा आफ्नो रहेको जर्वजस्ती गर्न खोजे उनले आरोप लगाए । उनले सर्वोच्च अदालतबाट आफुहरुको हकमा फैसला भएपनि साहले पैसा खाएर आफुहरु विरुद्ध लागेको उनको भनाई थियो ।
मधेशी पहाडीको नारा दिएर साहले आफुहरुलाई घरमै गएर राति राति धम्काउने गरेको उनले बताए । साहले आफै मापदण्ड विपरित निर्माण गरेको र नगरपालिकाबाट रोक्का भएपनि राति राति काम हुने गरेको उनले बताए ।
त्यसैगरि, स्थानीय राजनीतिककर्मी शेखर साहले पनि केहि व्यक्ति पहाडी भनेर राणाका परिवारलाई जनकपुरबाट विस्थापित गर्न खोजेको आरोप लगाए । आफु वाल्यकालदेखि नै यो जग्गामा प्रकाशमा बुवाआमादेखि अहिले सम्म बस्दै आएको र केहि व्यक्तिले जर्वजस्ती राणा परिवारको सम्पति हडप्ने खोेजेको उनले आरोप लगाए ।

सम्बन्धित खबर