LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । १५ औ गणतन्त्र दिवसको अवसरमा जनकपुरधाममा आज आईतवारदेखि सुरु भएको महेन्द्र नारायण निधी टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मधेश प्रदेशले जितेको छ ।
स्थानीय रामजानकी वहुउदेश्य रंगशालामा आयोजना गरिएको प्रतियोगिताको पहिलोमा मधेश प्रदेशका क्रिकेट टिमले कोशि प्रदेश क्रिकेट टिमलाई ८ विकेटले हराएको हो । टँस जितेर मधेश प्रदेशले पहिलो फिल्डिङ्ग रोजेका थिए ।
कोशि प्रदेशले अल पुरै ओभर खेलर १२५ रन बनाएको थियो । १२६ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेका मधेश प्रदेशले १९ ओभर ४ बलमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको छ । आजको खेलकको म्यान अफ दि म्याज मधेश प्रदेशक बिशाल सुसेलिलाई प्रदान गरिएको छ ।
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्रालयको सहयोगमा मधेश प्रदेश क्रिकेट संघले आयोजना गरेको उक्त प्रतियोगितामा देशभिरका सात वटै प्रदेशबाट क्रिकेट टिम सहभागि भएको छ । सो प्रतियोगितामा मधेश प्रदेश सरकारले ४० लाख, क्यानले ५ लाख र बाँकी रकम पेप्सी कोला ग्रुपले उपलब्ध गराउने छ । अगामी २२ गते सम्म चल्ने सो प्रतियोगितामा कुल २२ वटा खेल नकआउटको अधारमा गरिनेछ ।
प्रतियोगिताको विजेता टिमलाई ३ लाख, उपविजेता टिमलाई २ लाख नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । सो प्रतियोगिताको नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधीले उद्घाटन गर्दै भारत सरकारले नेपाल सरकारलाई दिने भनिएको एक सय करोड रुपैयाँ रामजानकी रंगशाला निर्माण खर्चिनुपर्ने बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा घोषणा गरिएको १ अर्वको अनुदान राजनीतिक नगरि रामजानकी रंगशाला निर्माणमा सदुप्रयोग गर्नुपर्ने बताए । कार्यक्रममा शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंह, जनकपुरधामका मेयर मनोज कुमार साह, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगतसहितका सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर