LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले खेलकुदको विकासमा प्रदेश सरकार गम्भिर रहेको बताएका छन् ।
सप्तरीको अग्नीराईर कृष्णसावन गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले अन्य प्रदेशभन्दा मधेश प्रदेशका क्षमतावान खेलाडीहरुको संख्या उच्च रहेको भन्दै खेलाडीलाई प्रोत्साहन गर्न तथा उनीहरुको संरक्षण र प्रवद्र्धन गर्न प्रदेश सरकार गम्भिर रहेको बताए । खेलकुदको माध्यमले पनि विश्व रंगमंचमा देशलाई चिनाउन सकिने उल्लेख गर्दै मन्त्री सिंहले युवापुस्तालाई लागु औषध जस्ता कुलतबाट जोगाउन पनि खेलकुद महत्वपुर्ण माध्यम रहेको बताए ।


प्रदेशमा भर्खर खेलकुद सम्बन्धी ऐन पारित भएको बताउदै मन्त्री सिंहले आफु यस अघि महिला बालबालि युवा तथा खेलकुद मन्त्री हुदाँ खेलमा उल्लेखनिय कार्य गरेको दावि गरे । अग्नीराईर कृष्णसावन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समाप्त समारोहमा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम तथा खेलाडीहरुलाई शिल्डसहित पुरस्कार वित्तरण गरिएको थियो ।

सम्बन्धित खबर