LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको साउदी प्रो लिग विश्वकै शीर्ष पाँच लिग बन्न सक्ने बताएका छन् ।यदि साउदी लिगले अझ धेरै ठूला नामहरुलाई आकर्षित गर्न सके शीर्ष पाँच लिग बन्न सक्ने उनको भनाइ छ । ३८ वर्षीय रोनाल्डो हाल अल नासेरबाट साउदी प्रो लिग खेलिरहेका छन् ।

हालैमात्र लियोनल मेस्मी, करिम बेन्जेमा र लुका मोडरिच जस्ता खेलाडीहरु साउदी जाने चर्चा चलिरहेको छ । रोनाल्डोले उनीहरुलाई आफू खेल्ने लिगमा स्वागत गरेका छन् । उनले एसपीएलसँगको अन्तर्वातामा भनेका छन्, ‘यदि ठूला खेलाडी, ठूला नाम, युवा खेलाडी, अनुभवी खेलाडी हरु आउँछन् भने, उनीहरुलाई धेरै स्वागत छ । यदि त्यसो भएमा लिगमा धेरै सुधार हुनेछ ।’

पूर्वाधारमा केही सुधारको आवश्यकता औल्याँदै उनले भने, ‘लिग धेरै राम्रो छ । मेरो विचारमा अझै धेरै अवसरहरु छन् । लिग प्रतिस्पर्धात्मक छ । हामीसँग धेरै राम्रा टिम र धेरै राम्रा अरेबियन खेलाडी छन् । तर उनीहरुले पूर्वाधारमा केही सुधार गर्नुपर्छ । रेफ्री र भिएआरमा पनि सुधार गर्नुपर्छ ।’रोनाल्डोले आफू साउदी लिगमा खुशी रहेको र अबको केही वर्षमा साउदी लिग राम्रो हुने पनि बताए । ‘म यहाँ खुशी छु र निरन्तरता दिन चाहन्छु । मेरो विचारमा यदि उनीहरुले राम्रो काम गर्दै गए अबको पाँच वर्षमा मेरो विचारमा साउदी लिग विश्वकै शीर्ष पाँचमध्ये पर्छ ।’

पाँच पटकको बालोन डे’ओर विजेता रोनाल्डो गत डिसेम्बरमा अल नासेरमा आबद्ध भएका थिए । उनले पहिलो सिजन पूरा गर्दै छन् । उनको सम्झौता २०२५ सम्म छ ।रोनाल्डोले साउदी लिगमा डेब्यु सिजनमा अल नासेरका लागि १६ खेल खेल्दै १४ गोल गरेका थिए ।गत नोभेम्बरमा म्यानचेष्टर युनाइटेडमा आफ्नो दोस्रो कार्यकाल सकिएपछि रोनाल्डो साउदी लागेका हुन् ।

सम्बन्धित खबर