LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । पछिल्लो पाँच महिनाको अविश्वसनीय प्रदर्शनका आधारमा नेपाल क्रिकेट टिमप्रतिको अपेक्षा स्वभाविक रुपमा उच्च छ । यसपल्ट अपेक्षाअनुसार भएन । प्रदर्शन सधैं एकनासको रहँदैन । त्यसमा पनि नेपालले बलिया विपक्षीको सामना गर्नुपरेको थियो ।जिम्बाव्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटमा शनिबार नेदरल्याण्ड्ससँग पराजित भएपछि नेपाल समूह चरणबाट माथि पुग्न असफल भएको छ । १० टोली सम्मिलित प्रतियोगिताको कम्तिमा पनि सुपर सिक्ससम्म पुग्ने आशा नेपाली समर्थकको थियो ।

नेदरल्याण्ड्ससँग पराजित हुनुअघि समूह चरणमा नेपालले घरेलु टोली जिम्बाव्वेसँग ८ विकेट र वेष्ट इण्डिजसँग १०१ रनले हारेको थियो भने अमेरिकामाथि जित निकालेको थियो ।एसोसिएट प्रतिस्पर्धी अमेरिकासँगको ६ विकेटको जितबाहेक हरारेमा नेपालको प्रदर्शन सन्तोषजनक थिएन । पहिलो खेलमा कुशल भुर्तेलको ९९ रन सहयोगमा जिम्बाव्वेमाथि २९१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिए पनि नेपाली बलरहरुले घरेलु ब्याटरलाई नियन्त्रण गर्न सकेनन् ।

पछिल्ला दुई खेल (वेष्ट इण्डिज र नेदरल्याण्ड्स)विरुद्ध भने नेपालको बलिङ, ब्याटिङ र फिल्डिङ सबैतिर नेपालको कमजोरी उदांगो भयो । दुईपल्टको विश्व विजेता वेष्ट इण्डिजसँग पहिलोपल्ट खेल्दा १०१ रनले हारे पनि नेपालको निडर प्रदर्शनले सबैको मन जित्यो । हरारे स्पोर्ट क्लबमा ३४० रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरमा अलआउट हुनुअघि २३८ रन बनाएको थियो ।

शनिबार नेदरल्याण्ड्ससँग हारेपछि नेपालले अर्को चरणमा प्रवेश नपाउने निश्चित भयो । समूह ए बाट नेपाल र अमेरिका पनि बाहिरिएका छन् । जिम्बाव्वे, वेष्ट इण्डिज र नेदरल्याण्ड्सले यो समूहबाट सुपर सिक्स खेल्नेछन् ।

नेपालका कप्तान रोहितकुमार पौडेलले ठूलो प्रतियोगिता र बलिया विपक्षीसँग खेलेर अनुभव र एक्स्पोजर हासिल भएको बताए । नेदरल्याण्ड्ससँग पराजित भएपछि रोहितले भनेका छन्, ‘राम्रो टिमको सामना गर्दा धेरै सिक्न पाएका छौं । प्लेअफमा राम्रो प्रदर्शन गर्नेछौं ।’ नेपालले सातौं र नवौं स्थानको प्लेअफका लागि दुई खेल खेल्नेछ ।

सम्बन्धित खबर